१७ चैत, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-४, ठाराढुङ्गामा चैते दशैको ६ दिन पछि परम्परागत रुपमा लाग्दै आएको पनेचौर मेलामा भाले तान्ने,रसाकसी तान्ने, घैटोफोट, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।
यहि चेत १९ गते उद्घाटन खेल गर्ने गरि तयारी भैरहेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष गणेश शाहले मेलामा भाले तान्ने देखि सांस्कृतिक नाच प्रदर्शन हुने बताएका छन।
अध्यक्ष शाहका अनुसार प्रतियोगिताका लागि चैत १९ गते सम्म कुनै दर्ता रकम नलाग्ने घोषणा गरिएको छ भने खेल खुला वडास्तरीय हुनेछ ।
भाले तान्ने खेलमा विजेता हुनेले नगद रु. १,५०० पुरस्कार, रसाकसी तान्ने प्रथम विजेताले नगद रु.४,०००/- र दोस्रो हुनेले नगद रु.२,०००/- पुरस्कार, घैँटोफोर प्रथम हुनेले नगत रु.१,०००/- पुरस्कार र संस्कृति नाच तर्फ प्रथम हुनेले नगत रु.५,०००/- पुरस्कार पाउने मेला व्यवस्थापन समितिका सल्लाहकार विकर्ण पुनले जानकारी दिएका छन् ।



