चलचित्र पत्रकार संघ दाङ शाखाको छैठौं अधिवेशन सम्पन्न

दाङ, तुलसीपुर — चलचित्र पत्रकार संघ दाङ शाखाको छैठौं अधिवेशन तुलसीपुरस्थित होटल वेष्टर्न प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनले निरला अर्याल गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा निरला अर्याल, उपाध्यक्ष भुपेश वली, सचिवमा एकराज भण्डारी, र कोषाध्यक्षमा झग्गु भण्डारी चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा हिमाल महरा, दिपेन खत्री र टेकराज भण्डारी रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ कलाकार तथा पत्रकार कोमल वलीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामी सहभागी भएका थिए।

अधिवेशनको सभाध्यक्षता चलचित्र पत्रकार संघ दाङका जिल्ला अध्यक्ष सन्तोष के.सीले गरेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव निरला अर्याल गैरेले गरेकी थिइन्।

अधिवेशनमा चलचित्र पत्रकारिताको विकास, पत्रकारहरुको भूमिका तथा संगठनलाई अझ सशक्त बनाउने विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस