तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लि बहादुर बस्नेत सम्मानित

तुलसीपुर, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले उद्योग क्षेत्रको विकास तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लि बहादुर बस्नेतलाई सम्मान गरेको छ।

तुलसीपुर क्षेत्रमा दशकौँदेखि उद्योग स्थापना, स्थानीय उत्पादनको प्रोत्साहन तथा औद्योगिक वातावरण निर्माणमा डिल्ली बहादुर बस्नेतले गरेको प्रयासलाई उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान प्रदान गरिएको हो। ११ औँ उद्योग दिवस २०८२ मनाउन आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उप–महानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बस्नेतलाई सम्मानपत्र प्रदान गरेका थिए।

उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बस्नेतको नेतृत्व र योगदानका कारण उद्योगी तथा व्यवसायीलाई प्राप्त प्रेरणा, स्थानीय उत्पादनको विस्तार र आर्थिक गतिविधि बढाउन उनी महत्वपूर्ण व्यक्तित्व भएको धारणा व्यक्त गरिएको थियो ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस