आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँ कायम गरिएको छ ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको गिरावटको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलबार घटेर २ हजार ९ सय २० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस