माईतीघर

माईतीघर ( कविता )

काठमाडौमा एउटा माईतीघर छ

त्यो माईतीघर विवाहितकाे पनि पर्छ

अविवाहितकाे पनि पर्छ

महिलाकाे पनि पर्छ ,पुरुषकाे पनि पर्छ,,

त्यस माईतीघरमा,

कहिले काे गएर आन्दोलन गर्छ

कहिले काे गएर आन्दोलन गर्छ

कहिलेकाही त माईतीघरकाे आन्दोलन

बानेश्वर र सुन्धारा सम्म पनि सर्छ !!

 

त्यहाँ पुग्नेहरुलाई ,न गाेलीकाे डर छ

न रगतकाे हाेलीकाे डर छ !

जाे माईतीघर पुगेर बाेल्छ ,उसले सधै भन्छ

म प्रगति गर्छु !!

तर माईतीघर पुगेका बाआमालाई

छाेराछाेरी फर्किन्छ कि फर्किन्न भन्ने डर छ !!!

 

काठमाडौकाे माईतीघरमा

कहिले शिक्षकहरु आएर नाच्छन् ,

काेहिले ज्यान गुमाउछन् ,काेहिले हात खुट्टा भाच्छन्

माईतीघरमा काेहि न्याय पाउने आशाले आउँछन् ,

काेहि भाईरल हुने आशाले आउँछन्

काेहि परिवर्तन ल्याउने आशले आउँछन्

काेहि खान पाउने आशले आउँछन !!

 

कतिले त माईतीघरमा ,

बिनाकुनै छत र बिनाकुनै टेन्ट सडकमै रात बिताउछन,

कहिलेकाहीँ म साेच्ने गर्छु

यस माईतिघरमा सडकमै मान्छे कसरी निदाउँछन ??

 

माईतीघर सिङ्गाे देशकाे आवाज बाेक्ने ठाउँ हाे

पीडा पाेख्ने ठाउँ हाे,

देशकाे नाममा ज्यान गुमाउनेले श्रद्धाञ्जली पनि

माईतीघरबाटै पाउँछ ,,

काेहि तराई मधेस देखि खडेरीकाे पीडा सुनाउन

माईतीघर आउँछ,

काेहि पश्चिम देखि जेनजिकाे आन्दोलनमा छाेरा गुमाएको

आँसु बाेकेर माईती घर आउँछ !

यश माईतीघरले पाउने काेशेली भनेका

पिडा समस्या, अन्याय र विद्राेहका पाेकाहरु हुन्

यहाँ पुगेर आवाज उठाउनेहरु कति सहि हाेलान्

कति गलत हाेलान्

यसकाे शाक्षि भनेका २,३ वटा रुख र

देशका पाेलमा फरफराई रहेका झण्डाहरु रहेका छन्

 

जय माईतीघर – ✍️ झरना के.सी

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस