मानव सेवा आश्रम तुलसीपुरमा सामूहिक टिका–जमरा कार्यक्रम सम्पन्न

तुलसीपुर । बडा दशैंको अवसरमा मानव सेवा आश्रम, तुलसीपुरमा सामूहिक टिका–जमरा कार्यक्रम सम्पन्न भएको छ ।

दशैंको तेस्रो दिन आयोजना गरिएको उक्त कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूले आश्रममा रहेका आश्रितहरूलाई टिका–जमरा लगाएर शुभकामना व्यक्त गरेका थिए । मानव सेवा आश्रम तुलसीपुरमा हाल ७२ जना आश्रित रहेका छन् ।

कार्यक्रमले सामाजिक सद्भाव, प्रेम र आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको आयोजकले जनाएका छन् ।

 

 

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस