‘अब म चुप लाग्दिनँ’ भन्दै एलिनाले सार्वजनिक गरिन् यातना पाएको तस्बिर

गायिका एलिना चौहानले एउटा गम्भीर तस्बिर सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हिंसाको सिकार भएको प्रस्ट हुने तस्बिर सार्वजनिक गरेकी हुन् ।

केही पहिले नै पति विष्णु सापकोटासँग सम्बन्धबिच्छेद गरेकी एलिनाले ९ जुन २०२४ को उक्त तस्बिर सार्वजनिक गरेकी हुन् ।

उनले सार्वजनिक गरेको तस्बिरमा यातनाले गालाभरी नीलडाम भएको देखिन्छ ।

शुक्रबार फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले अब चुप नलाग्ने र यो हरेक नेपाली चेलीको आवाज भएको बताएकी छन् ।

आजै सापकोटाले आफू मानसिक पीडाबाट गुज्रिरहेका बताएका थिए ।

https://www.facebook.com/share/p/14EUqLM4AXj/

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस