दाङको ग्वारखोलामा सडक भासिंदा टिप्पर पल्टियो, चालक घाइते

दाङ, जेठ ३१ — दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला क्षेत्रमा कच्ची सडक भासिएर टिप्पर पल्टिएको छ।

भिटोरिया स्थित एक ईँटा भट्टाबाट ईँटा लोड गरेर रुकुमतर्फ जाँदै गरेको ना १ क ९३२० नम्बरको टिप्पर सडक भासिएर छेउमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक मकवानपुर मनहरी गाउँपालिका–६ का २५ वर्षीय सुदीप मोक्तान सामान्य घाइते भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको छ। सह–चालक बिशाल सुनार भने सकुशल रहेका छन्।

टिप्परमा केही क्षति पुगेको र अहिले घटनास्थलमा टिपर उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस