तुलसिपुरमा प्लास्टिक जन्य फुल बेच्न नपाइने
तुलसीपुर , असोज २४
तुलसीपुर उपमहानगरपालिका ले आउँदै गरेको चाडपर्वमा प्लास्टिक जन्य फुलगुच्छा को उत्पादन ,आयात , बिक्रिवितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको वातावरण संरक्षण ऐन ,२०७६ को दफा १५ को उपदफा ( ६ ) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लास्टिकजन्य फुलगुच्छा को उत्पादन ,आयात , बिक्रिवितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका पुष्प व्यवसायमा आत्मनिर्भर हुँदैछ । तुलसीपुरमा उत्पादित पुष्प नजिकैका प्रमुख व्यापारिक शहर नेपालगन्ज , बुटवल लगायत का शहरहरुमा पनि बिक्रि भैरहेको छ । नजिकिदै गरेका चाडपर्वहरुमा प्लास्टिकजन्य फुल , माला तथा अन्य बाहिर पाल टाँगेर बिक्रिवितरण गर्न राखिएका विभिन्न प्रकारका मिठाईहरु , लेबल नखुलाई प्याकिङ गरिएका उपभोग्य सामाग्रीहरुको प्रयोग नगर्न हुन ...