रेडक्रस तुलसीपुर उपशाखामा रगत अभाव , रक्तदान गर्न अपिल
सागर सुबेदी ,तुलसीपुर , कार्तिक २३
नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखामा पछिल्लो समय रगतको अभाव भएको छ । रेडक्रस मा सञ्चित रगत बिरामी लाइ दिइसकेको र चाडपर्व नजिकिए सँगै रक्तदान गर्ने हरुको कमी भएका कारण पछिल्लो समय रगत अभाव रहेको पाइएको छ । चाडपर्व नजिकिनु भन्दा पहिले धेरै दिवस पर्दा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था तथा क्लब समुहहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको तर पछिल्लो समय सबै चाडपर्व तथा खेती पातीमा व्यस्त रहेको कारण रक्तदान कार्यक्रम सन्चालन भएका छैनन जसको कारण नेपाल रेडक्रस तुलसीपुर उपशाखा मा रगतको अभाव रहेको पाइएको छ । नेपाल रेडक्रस तुलसीपुर उपशाखा ले रक्तदान गरी सहयोग गर्न समेत अपिल गरेको छ ।...