एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
३, पुस
सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश राउतले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका छन् ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते शुक्रबार दायर गरको उक्त रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन् ।
सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका थिए ।...