गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग
गुगलले आफ्नो सर्च इन्जिनमा ‘ग्रामर चेक’ नामक टुल थपेको छ । यो नयाँ टुललाई प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले लेखेको वाक्य शुद्ध छ/छैन भनेर जाँच गर्न सक्नेछन् । यसबाट व्याकरण जाँच गर्न सर्च बक्समा आफूले लेखेको वाक्यको अन्त्यमा grammar check, check grammer वा grammer checker जस्ता किवर्डहरू थप्नुपर्ने हुन्छ ।त्यसपछि गुगलले उक्त वाक्यको व्याकरण सही छ/छैन भनेर प्रतिक्रिया दिने गर्छ । यदि कुनै गल्ती छैन भने त्यहाँ हरियो चेकमार्क देखा पर्नेछ। यदि गल्तीहरू भए उक्त शब्दहरूमा अन्डरलाइन तानिएको हुन्छ । यस टुलले गल्ती भएका वाक्यलाई स्वतः सच्याएर पुनर्लेखन गर्छ । यसरी थपेको शब्दहरू ‘बोल्ड’ हुन्छन् ।...