प्रदेश राजधानीको पर्यटन गन्तब्य‘देवीकोट’
दीपक बोहरा
दाङ,१६ कात्तिक ।
लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा छः देवीकोट । त्यहाँ रहेको देवीकोट मन्दिर, देखिने सेताम्मे हिमाल र तराईका फाँटले छुट्टै आनन्द दिन्छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले उत्तम ठाउँका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट ८ किलोमिटर मात्रै उकालो चढ्नु पर्छ । त्यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ । देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तब्यका रुपमा लिन सकिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताए ।“देउखुरी क्षेत्रमा राजधानी आएपछि १२ वटै जिल्लाको केन्द्र भयो, अब यहाँ आउने हरेकलाई रमणीय ठाउँ चाहिन्छ”,उनले भने“त्यो ठाउँ देवीकोट हो ।”
स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भएपनि त्यो मन्दिरको भौतिक संरचना भने प्रयाप्त ...