लोकल मदिरालाइ ब्रान्डिङ गर्दै लुम्बिनी प्रदेश
सागर सुबेदी , कार्तिक १ , तुलसीपुर दाङ
लुम्बिनी प्रदेश सरकारले प्रदेश मा उत्पादित लोकल मदिरा लाइ ब्रान्डिङ गर्ने भएको छ । आज तुलसीपुर उपमहानगरपालिका ले आयोजना गरेको बडा दशैँ , शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम मा बाेल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की ले प्रदेश ले लोकल मदिरा लाइ ब्रान्डिङ गर्ने योजना अघि सारेको बताउनु भएको हो । सर्वप्रथम बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका बाट सुरुवात गरिने योजना रहेको र उक्त कामको लागी प्रदेशमा समिति समेत बनीसकेको ले सम्भवतः छिट्टै नै योजना को काम अघि बढ्ने बताउनुभएको हो । लुम्बिनी प्रदेश सरकारले २ बर्षमा २ लाख जनालाइ स्वरोजगार बनाउने प्रदेशको लक्ष्य अनुसार लोकल मदिरा लाइ ब्रान्डिङ गर्दै स्वरोजगार कार्यक्रम लाइ अघि बढाउन लागेको बताउनु भएको थियो । बाँकेको राप्ती सोनारी गाउँपालिका मा उत्पाद...