शान्तिनगरको सबैभन्दा ठुलो मेला बगिया मेला के २०० बर्ष पुरानो हो त ? इतिहाँस र वतर्मान अवस्था यस्ताे छ
सागर सुबेदी , दाङ, मंसिर ०६
दाङको शान्तिनगर गाउपालिकाको सबैभन्दा ठुलो मेला नाम ले चिनिने बगिया मेला २०० बर्ष पुरानो मेला हो भन्ने जनविश्वास रहेको छ । साथै आयोजक बगिया मेला सांस्कृतिक संरक्षण समिती पनि २०० बर्ष पुरानो मेला भन्ने गरेको पाइयो तर त्यहाँका स्थानिय एक वृद्ध ले ऋल्त्एचभकक सँग कुरा गर्ने क्रममा बगिया मेला २०० बर्ष पुरानो मेला नभएको बताए । उनी भन्छन मेरो जन्म वि.सं २००८ सालमा भएको हो , म जान्ने बुझ्ने हुने बेला सम्म यो मेला लागेको थाहा पाइन बरु माथि खर्ककोट मा मेला लाग्ने गर्दथ्यो । उनी १७ , १८ बर्षको हुने बेला खर्ककोट को मेला लाग्न छाडी बगिया मेला लाग्न थालेको उनी बताउछन । वि.सं २०२७,२०२८ बाट निरन्तर यो मेला लाग्ने गरेको छ ।
ऐतिहाँसिक मेला लाग्ने यो ठाउँमा एउटा ढुङ्गा छ जसमा गौमाता अर्थात गाईको खुट्टाको आकृती छ जसलाइ हामी अहिले पनि देख्न सक्छाैँ ।
तिहार पछिको दशमी त...