सङ्घीय शिक्षा ऐन संशोधनको माग गर्दै प्युठानका ९ वटै स्थानीय तहमा शिक्षकहरुको धर्ना
सुरज पुन मगर ,प्यूठान।
नेपाल शिक्षक महासङ्घले प्यूठानका सबै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने सञ्चालनमा रहेको नेपाल शिक्षक महासङ्घ प्युठानका अध्यक्ष शेर बहादुर थापाले जानकारी दिनुभयो ।
सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।महासंघले साउन ३० गते शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना बस्ने, साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको याम बहादुर बुढा मगरले जानकारी दिनुभयो ।
धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र स्थानीय तह समक्ष पेस गर्ने र उक्त कार्यक्रमको संयो...