श्रीकृष्णजन्माष्टमीको महत्व – पण्डित बालमुकुन्द देवकोटा
मिति २०८० साल भाद्र २० गते बुधबार भाद्रकृष्ण कृष्णजन्माष्टमी हो र यो दिन अष्टमी तिथी राती ८ / ०५ बजेदेखी अष्टमी तिथी २१ गते राती ७ / ५७ बजेसम्म त्यस उप्रान्त नवमी तिथी आरम्भ श्रीकृष्णजन्म उत्सव २० गते र २१ गते नक्षत्र उत्सव भएकोले हामीहरुले कृष्णजन्माष्टमीलाई गोकुलष्टमी, अष्टमी रोहिणी , श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो।कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरह...