वराह जयन्तीको धार्मिक महत्व – पंण्डित बालमुकुन्द देवकोटा
मिति २०८० साल भाद्र २ गते शनिबार शुद्ध श्रावणशुक्लपक्ष तृतिया तिथि राती ७ : ४१ बजेसम्म त्यस उप्रान्त चतुर्थि तिथि भएको हुनाले यो दिन
भगवान बराहजयन्ती भएकोले पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितीलाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन। हिरण्याक्ष "सुनौलो आँखा" एक अत्याचारी असुर राजा थिए, जसले स्वर्गमा आक्रमण गरे र पृथ्वी धर्तिलाई हरण गरे ।पुराणका अनुसार उनी दिति र कश्यपका पुत्र थिए ।कश्यप सप्तऋषि मध्येका एक ऋषि थिए । उनी सम्पूर्ण देव, असुर, नाग र मानवहरूको पिता थिए ।
हिरण्याक्षले धर्ति पृथ्वीलाई हरण गरेर रसाताल पातालमा पुर्याए ।तब सारा चराचर जगत नै जलमग्न भयो।यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे।पृथ्वीलाई बचाउन भगवान विष्णुले वराह अवतार लिए ।वराह तथा हिरण्याक्षका बीच कयौं वर्षसम्म भयंकर युद्ध भयो ।अन्ततः वराहका सिङद्वारा हिरण्याक्ष मारियो ।श्रीमद्भागवत् पु...