भाइटिकाको साइत साथै के छ त धार्मिक महत्व – पण्डित बालमुकुन्द देवकोटा
मिती २०८० साल कार्तिक २९ गते विहिबार कार्तिकशुक्लपक्ष द्वितीया तिथी अपरान्ह : २ / ०५ बजेसम्म त्यस उप्रान्त तृतीया तिथी आरम्भ हुने भएकोले यो तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।यो दिन भइटिकाको साइत बिहान १० / ५१ बजेको उत्तम रहेको छ भने टिका लगाउँदा दाजु-भाई पूर्व फर्केर वसी,दिदी-वहीनीहरूले पश्चिम फर्केर टिका लगाई दिनु पर्दछ।यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घ...