अधिवक्ता पाण्डेलाई कारवाहीको माग राख्दै बुझायो नेपाल मगर संघ प्यूठानले ज्ञापनपत्र
सुरज पुन मगर, प्यूठान।
अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग राख्दै नेपाल मगर संघ प्युठानले ज्ञापन पत्र बुझाइएको छ । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएकाले कानून बमोजिम हदैसम्म सजाय दिइनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो ।
साेमबार प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत गृह मन्त्रालय काठमाडौँमा पठाउने गरी साे ज्ञापनपत्र हस्तान्तरण गरिएको हाे । मगर संघ प्युठानले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा शान्तिपूर्ण विरोध प्रर्दशन पनि गरेकाे हाे ।
पाण्डेले सिङ्गो मगर र तामाङ्ग लगाएत आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरी आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोकल्पित र भ्रामक तथा तथ्यहिन अभिाव...