
अपाङ्गता भएका लाइ निशुल्क फिजियोथेरापी
एकराज भण्डारी,तुलसीपुर, ३२ साउन । तुलसीपुर-७ कि ख़ुशी डाँगी अहिले नौ वर्षकी भइन् तर विद्यालय जाँदिनन् उनी जन्मेको केही महिनापछि नै उनका हातखुट्टा काम्ने समस्या देखियो । विस्तारै कम्मरदेखि तलको भाग चल्न छोड्यो त्यतिवेला उनका बुवाआमा रोजगारीको सिलसिलामा भारत बस्नुहुन्थ्यो। खुशीको त्यही उपचार भयो तर निको भएन । लामो समय उपचार गर्दा पनि निको नभएपछि उनीहरु घर फर्किए केही महिना अघिदेखि खुशीको परिवारले उनलाई तुलसीपुर-६ इन्द्रनगरमा अपांग समाज सुधार केन्द्रले सञ्चालन गरेको थेरापी सेन्टरमा पुर्याए र थेरापी शुरु भयो। अहिले भने खुशीलाई निको हुन्छ कि भन्ने आशा परिवारमा पलाएको छ त्यति समयसम्म अस्पतालमा उपचार गर्दा पैसा धेरै सकियो तर कुनै फरक भएन । अहिले एक महिना थेरापी गराउँदा धेरै परिवर्तन आएको खुशीकी आमाले बताउनुभयो। 'डाक्टरले दुई वर्ष लगातार थेरापी गराएपछि निको हुन्छ भन्नुभएको छ। खुशी लागेको छ।" पहिला...