नमूना युवा संसद ग्रेट अरनिको २०८० सम्पन्न
तुलसीपुर (दाङ), मङ्सिर २९ गते । तुलसीपुर उपमहानगरपालिका-६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमुना संसदमा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमुना संसदमा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।
एलिसाजस्तै प्रतिपक्षी सांसदहरुले विधेयकमाथि टिप्पणी गर्दै विभिन्न मन्त्रीहरूलाई प्रश्न पनि सोध्नुभयो । केही सांसदहरुले संसद् चलिरहँदा नियमापत्ति पनि जनाउनुभयो । विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले नमूना संसदको अभ्यास गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक ज्ञानमा जोड्न यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णुकुम...