
तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत निलम्बनमा : कारण यस्तो !
तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल ओली निलम्बनमा परेका छन् । तत्कालिन उच्च मूल्य कृषि विकास आयोजना सुर्खेतमा लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको उजुरीका आधारमा उनि निलम्बनमा परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माणको काम गर्दा विषय विज्ञबाट प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी गुणस्तरहीन कामलाई गुणस्तरयुक्त काम गरेको भनि प्रमाणित गरेको बिषयमा उनिसहित १६ जना निलम्बनमा परेका हुन । ओलीले ३ लाख ५३ हजार २ सय ४ रुपैया हिनामिना गरेको आरोप लागेको छ । गएको साउन २५ गते अख्तियारको टोलीले अनुसन्धान गर्दा भष्ट्राचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता दाहालले बताउनुभयो । उनिहरुले ९२ लाख ४३ हजार २ सय ९८ रुपैयाँ बिगो...