उपमहानगर ले भत्काउने घर : सरकारीमा बनेका कि ऐलानी मा बनेका ?
सागर सुबेदी, साउन २४ , तुलसीपुर
दाङको तुलसीपुर उपमहानगरपालिका ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन सुरु गरेको छ । आज साउन २४ गते देखि उपमहानगर ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन सुरु गरेकोमा आज पहिलो दिन उपमहानगरपालिका को मुख्य भवन सँगै सटेका २ घर भत्काएको हो । उपमहानगर को मुख्य भवन सँगै सटेका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध ३ घर मध्य १ घर घरधनी स्वयम ले भत्काउन सुरु गरेका छन भने २ घर आज उपमहानगर ले भत्काउन सुरु गरेको हो । उपमहानगर को डोजर अब छिट्टै तुलसीपुर को बसपार्क, मासु मार्केट , न्युरोड, आलुमण्डी क्षेत्रमा पनि उपमहानगर को नाममा श्रेस्ता रहेका जग्गामा अवैध रुपमा बनेका घर भत्काउन पुग्ने कार्यबाहक नगर प्रमुख तथा वडा नं ३ का वडा अध्यक्ष बिर बहादुर बि क ले बताएका छन । यस्तै नगरका प्रवक्ता तथा वडा नं १८ का वडा अध्यक्ष माधव वली ले यो कार्यकाल मा उपमहानगरको जग...