चौवेको पहलमा विश्वविद्यालयको परीक्षा तालिका निकालिने
तुलसीपुर,२३ साउन ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेदमा स्नातक(बाम्स)मा अध्ययनरत अभयप्रताप चौवेको पहलमा आन्दोलन भएपछि विश्वविद्यालयले परीक्षाको कार्यक्रम अगाडी बढाउने भएको छ । विगत दुई महिनादेखि बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि विश्वविद्यालयले परीक्षा तालिका निकाल्न र परीक्षा फल प्रकाशन गर्न सकेको थिएन । त्यसैलाई मध्येनजर गरि चौवेको पहलमा आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुले सोमबार धर्ना दिएका थिए । तर, त्यसलाई कुनै चासो नदिएपछि मंगलबार रजिष्ट्रारको आवासमा गएर दवाव सिर्जना गरेका थिए । सोही दवावको फलस्वरुप अबको तीन दिन भित्रमा परीक्षा तालिका सार्वजनिक गर्ने र परीक्षाफल प्रकाशन गर्ने सहमति भएको चौवेले बताए ।‘लाखौं खर्च गरेर विद्यार्थीहरु पढ्न आएका हुन्छन्, तर, तालाबन्दीको नाममा विद्यार्थीहरुको भविष्य माथि खेलवाड हुन थाल्यो’,उनले भने‘यो विद्यार्थीकालागि सह्य नभएपछि मै...