अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

Month: पुष १५ आईतवार

कविता : व्यथित जननी – क्षितिज पौडेल

कविता : व्यथित जननी – क्षितिज पौडेल

ट्रेडिङ, साहित्य
सधैँ कालापानी, नयन जलमा, छिन् लिमपिया उता सुस्ता रुन्छिन्, पलपल कठै, ती दुखपिया छ कैलाली कन्चन्, पुर पनि भको पीडित अती इलामै, झापामा किचकिच सँधै गर्छ अगती ।१। कतै बाँधेका छन्, स्थलथल पिछे बाँध तलमा डुवानै भो हाम्रो, जलमगन भै पन्ध्र खलमा कुनौलीमा सीमा, नमिचन भनी यादव बढे पुनर्वासैमा वीर्, गमन हुन ती गौतम लडे।२। कसैलाई ढाल्यो, अधमृत भए के कति जन त्रयोविंसी जिल्ला,सकलभरमा नै लुछिकन गुलामी भोगेका, विगत तिनको खूव दुखको मिचाहा भै आए, जमिन हडपे स्वर्ग सुखको ।३। थिचेको यो छाती, एकहतर भो योग फलमा हजारै एक्साठी, मिचि जमिन त्यो हेक्टर जमा मिली फिर्ता ल्याओ, विधि जुनसुकैले पकडमा छिमेकी हो भन्दै, निकष नगरे पार्छ अडमा।४। गरेका छौ केके, परिचित नभै वा विदितमा बसेका छौ ब्यर्थै, सुखसयल वा त्यो मगनमा भयो धेरै खेला, अब नगर है बेर कटनी गरेकाछौ हेला,ब्यथित मनमै राखि जननी ।५ । ✍️ :क...
बालकुमारी घटना : एक प्रदर्शनकारीको मृत्यु

बालकुमारी घटना : एक प्रदर्शनकारीको मृत्यु

Top News 1, समाचार
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका एक युवकको मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो । यता प्रहरीले भने टियर ग्यासले लागेर मृत्यु भएको दाबी गरेको छ । 'टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको हो,' ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने । मृतकको नाम सुदन राउत र घर दैलेख रहेको एसपी कार्कीले बताए । प्रदर्शनकारीले यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।...
कविता : सकारात्मक सोच – क्षितिज पौडेल

कविता : सकारात्मक सोच – क्षितिज पौडेल

ट्रेडिङ, साहित्य
हेर्नलाई सकिए समदृष्टि देखिनेछ रसिलो भव-सृष्टि जिन्दगी लय‚ मनोहर हुन्छ शक्तिवर्धक छदैछ र छुन्छ ।१। एक यो खुस हुने छ उपाय प्रेरणा‚ सुगमको छ प्रदाय तिक्तता सहज घट्छ‚ हुदैन रिक्तता सकिन जान्छ‚ छुदैन ।२। क्रोध घट्छ‚ घटियापन हट्छ स्वास्थको स्थिति अझै अघि बढ्छ चित्त केन्द्रित हुने छ‚ गरिन्छ ध्येय पुग्छ र प्रकाश भरिन्छ ।३। बिर्सिने यदि छ साथ स्वभाव हट्छ घट्छ मनबाट खराव छुट्छ दुष्ट जनबाट प्रभाव धैर्यको पनि हुँदैन अभाव ।४। पन्छिइन्छ मनबाट तनाव गर्न सक्छ यसले प्रतिवाद बिर्सिने भुवनका सब ताप हट्छ दुष्ट जनको पनि राप ।५। बद्लिएर बनिनेछ "म" हामी जिन्दगी तब हुने अझ दामी हाँस्न‚ खेल्न सकिए मन छुन्छ दृष्टि दोष नभए सुख हुन्छ ।६। ✍️ :क्षितिज पौडेल तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटी रूपन्देही नेपाल...
सुन तोलामा कतिले बढ्यो ??

सुन तोलामा कतिले बढ्यो ??

अर्थ / बाणिज्य, समाचार
आज सुनको मूल्य १३ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको १ लाख २२ हजार पुगेको छ । यस्तै तेजावी सुन तोलाको १ लाख २१ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रूपैयाँमा र तेजावी सुन  तेजाबी सुन प्रति तोला एक लाख २० हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।   यता, चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार ४७५ रूपैयाँमा कारोबार भएको थियो ।...
प्युठानमा गाडी दुघर्टना हुदा १० जना घाईते

प्युठानमा गाडी दुघर्टना हुदा १० जना घाईते

Top News 1
  प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटनामा परेको छ। बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दुर्घटनामा हुँदा १० जना यात्रु घाइते भएका छन्। गाडी सडकबाट करिब ५० मिटर तल खसेको डिएसपी ईश्वर थापाले जानकारी दिए। घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।
दत्तात्रेय को हो? धार्मिक महत्व कस्तो रहेको छ ।

दत्तात्रेय को हो? धार्मिक महत्व कस्तो रहेको छ ।

ट्रेडिङ, धार्मिक
पं-बालमुकुन्द देवकोटा , काठमाडौ । मिती २०८० साल पुस १० गते मंगलबार मार्गशुक्ल पूर्णिमा तिथी अहोरात्र भएको हुनाले यो दिन पूर्णिमाव्रको साथै दत्तात्रेय जयन्तीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सनातन धर्मान्तर्गत त्रिदेव ब्रह्मा, विष्णु र महेशद्वारा प्रचलित विचारधाराको सम्मिश्रण गर्न भगवान् दत्तात्रेयले जन्म लिएका हुन्, अतः यिनलाई त्रिदेवको एकीकृत स्वरूप पनि मानिन्छ।त्यस्तै दत्तात्रेयलाई शैवमार्गीहरू भगवान् शिवको अवतार हो भन्दछन् भने वैष्णवहरू भगवान् विष्णुको अंशावतार मान्दछन्।ब्रह्माजीका मानसपुत्र महर्षि अत्रि यिनका पिता हुन् र कर्दम ऋषिकी कन्या र साङ्ख्यशास्त्रका प्रवक्ता कपिलदेवकी दिदी सती अनुसूया यिनकी माता हुन्। श्रीमद्भागवतमा महर्षि अत्रि तथा माता अनुसूयाका सुपुत्रका रूपमा त्रिदेव(ब्रह्मा, विष्णु र महादेव)को अंशद्वारा तीनजना छोरा जन्मिएको प्रसङ्ग प्राप्त हुन्छ।पुराणरु बमोजिम ...
सिमलकुनामा १८० बढिले गरे माओवादी केन्द्रमा प्रवेश

सिमलकुनामा १८० बढिले गरे माओवादी केन्द्रमा प्रवेश

Top News 3, समाज, स्थानीय
तुलसीपुर,९ पुस । बबई गाउँपालिका वडा नं. १ सिमलकुनामा १८० बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत साेही ठाउँमा भएकाे कार्यक्रममा १८० बढिले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नब प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा नवप्रवेशीहरूले पश्चिम दाङमा विकासकालागि गरिएकाे पहलले आफूहरू प्रभाबित भएर माओवादी केन्द्रमा प्रवेश गरेकाे बताए । एमाले, काँग्रेसलगायतबाट उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस अवसरमा नव प्रवेशीहरूलाई सम्बाेधन गर्दै प्रदेश अर्थमन्त्री मास्कीले सिमलकुना, जिला पुग्नकालागि बबई नदीमा पुल निर्माणकालागि डीपीआर भईसकेकाे बताए । त्यस्तै साेही ठाउँमा पुग्नकालागि सडक निर्माणकालागि समेत एक कराेड बजेट बिनियाेजन गरेकाे उनले बताए । त्यस्तै उनले बि...
सोमबार सुन र चाँदीको मूल्य कति ??

सोमबार सुन र चाँदीको मूल्य कति ??

अर्थ / बाणिज्य, समाचार
सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ हुँदा तेजावी सुनको मूल्य १ लाख १८ हजार ३५० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ । महासंघका अनुसार यसअघि आइतबार सुन र चाँदीको कारोबार सोही मूल्यमा भएको थियो । शुक्रबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ८००, तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।...
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ सहित )

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ सहित )

मनोरञ्जन
काठमाण्डौं गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्।   सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।   ’सुन ठिटा हो’ गीतको पुरा भिडियो : ...
घोराही-रक्षाचौरको बजेट अन्यत्र लिन दिदैनौंः मन्त्री मास्की 

घोराही-रक्षाचौरको बजेट अन्यत्र लिन दिदैनौंः मन्त्री मास्की 

Top News 1, अर्थ / बाणिज्य
  तुलसीपुर,७ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले घोराही-रक्षाचौरकालागि छुटिएको बजेट अन्यत्र लैजाने गरि षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ को वडा भवन उद्घाटन गर्दै मन्त्री मास्कीले घोराही-तुलसीपुरको बैकल्पिक सडक भएकाले उक्त सडकको विस्तार आबश्यक रहेको बताउनुभयो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना रुपन्देही अन्तर्गत परेको १४ करोड ४० लाख बजेटलाई अन्यत्र सार्नकालागि चलखेल भएपछि त्यसलाई आफूले अन्यत्र सार्न नदिने गरि गम्भीर ढंगले पहल लिएको बताए ।   हाल घोराही-रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ, भने अझै तुलसीपुर क्षेत्रमा अझै ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । सोही सडक धेरै पुरानो ट्रयाक रहेकाले कतै पुनः नयाँ ट्रयाक बनाउनु पर्ने स्थित छ, भने कतै नाली बनाउनु पर्ने अबस्था रहेको तु...