अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

Top News 2

तुलसीपुर महाेत्सवकाे समापन गरिदै : नगर प्रमुख खड्काले समापन गर्ने

तुलसीपुर महाेत्सवकाे समापन गरिदै : नगर प्रमुख खड्काले समापन गर्ने

Top News 2
दाङ, १८ फागुन । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवकाे आज समापन गरिने भएको छ । फागुनमा १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिनुभयो । उहाँका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम तय भएको छ । दिउँसो ४ बजे महाेत्सवस्थलमा समापन कार्यक्रम राखिएको हुँदा उपस्थितिका सम्पूर्णमाा उहाले आग्रह गर्नुभएको छ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महाेत्सव फागुन १ गतेदेखि सुरु भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा संचालन भएको महाेत्सवले स्थानीय व्यापार प्रवद्र्धन गर्नुका साथै कला संस्कृतिक...
विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो

Top News 2
तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए। उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो । लाइन काटिएका आठ सय ८८ ग्राहकबाट ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ । यीबाहेक एक हजार ७३३ ग्राहकबाट तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए। यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ । माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट सात करोड ५९ लाख ५३१ राजश्व सङ्कलन भएको...
कोहलपुरमा तीनदिने लुम्बिनी युवा सम्मेलन सुरु

कोहलपुरमा तीनदिने लुम्बिनी युवा सम्मेलन सुरु

Top News 2, समाचार
 युवा उद्यमशीलता, रोजगारीका अवसर र नवीन सोचको प्रवर्द्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका-११ न्युरोड खुल्ला मैदानमा लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन बिहीबारदेखि सुरु भएको छ। कार्यक्रमको अध्यक्षता कोहलपुर नगर स्तरीय युवा क्लब संजालका अध्यक्ष रमेश वरले गर्नुभएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारु रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधि, स्थानीय युवा क्लब संजालका पदाधिकारीहरू, तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रम फागुन १५, १६ र १७ गते सम्म सञ्चालन गरिनेछ। आयोजकका अनुसार, सम्मेलनको प्रमुख उद्देश्य युवाहरूका लागि रोजगारीका सम्भावनाहरू खोजी गर्नु तथा “लुम्बिनी आइडिया बैंक” स्थापना गर्ने योजना अघि बढाउनु रहेको छ। “युवाहरूले सिर्जनात्मक सोच, सीप विकास र आत्मनिर्...
महाशिवरात्रीमा सितलपुर मेला ( तस्विरहरू )

महाशिवरात्रीमा सितलपुर मेला ( तस्विरहरू )

Top News 2
दाङको एउटा चर्चित पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित सिद्धेश्वर महादेव मन्दिर,  सितलपुर मा स्थापनाकाल देखि नै शिबरात्रिमा बिशेष मेला लाग्ने गरेको छ । तस्विर मा हेर्नुहोस २०८१ सालको मेला तस्विर : सागर सुबेदी 
देशैभरीका स्थानीय युवा परिषद्को पहिलो राष्ट्रिय सम्मेलन

देशैभरीका स्थानीय युवा परिषद्को पहिलो राष्ट्रिय सम्मेलन

Top News 2
धुलिखेल, ९ फागुन। देशैभरीका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले ७ बुँदे ध्यानाकर्षण पत्र जारी गर्दै युवा सशक्तीकरण र युवाको अर्थपूर्ण सहभागिता प्रोत्साहन गर्न सर्वपक्षीय पहल गर्न राष्ट्रिय आव्हान गरेको छ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र युवालयको संयुक्त आयोजनामा ३ दिनसम्म चलेको प्रथम सम्मेलनमा हालसम्म ३० वटा निकायमा औपचारिक रुपमा गठन भएका स्थानीय युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूको सहभागिता रहेको थियो । राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवाका रुपमा परिभाषित गरेको छ । देशमा युवाको संख्या १ करोड २४ लाख १२ हजार १७३ अर्थात् कुल जनसंख्याको ४२.५६ प्रतिशत रहेको छ । जारी भएको ध्यानाकर्षण पत्रले ७५३ वटै स्थानीय तहमा युवा परिषद् गठन तथा प्रभावकारी रुपमा सञ्चालन गर्न, समावेशिकरणलाई आत्मसाथ गर्न, जनसाङ्ख्यिक लाभ बहुआयामिक रुपमा प्राप्ति गर्न, प्र...
राप्तीका अध्यक्ष विष्टको प्रश्न : “प्रदेश सरकारको निद्रा खुल्न कति टन फोहर गेटमा थुपार्नुपर्ने हाे ?”

राप्तीका अध्यक्ष विष्टको प्रश्न : “प्रदेश सरकारको निद्रा खुल्न कति टन फोहर गेटमा थुपार्नुपर्ने हाे ?”

Top News 2, प्रमुख खबर
तुल बहादुर कवँर मगर / भालुबाङ, ६ फागुन संघीय सरकारले फोहर व्यवस्थापनका लागि दिएको ५ करोड रुपैयाँ कार्यान्वयन नहुँदा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले प्रदेश सरकारलाई बारम्बार आग्रह गर्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्नुभएको छ। "बैठक, छलफल, योजना, पुनरावलोकन—सबै भइरहेकै छ, तर कार्यान्वयन खोइ? 'हामी अध्ययन गर्दैछौं' भन्ने उत्तर कहिलेसम्म दोहोर्याउने? हामी थाकिसक्यौं," अध्यक्ष विष्टले आक्रोश व्यक्त गर्नुभएको छ। राजधानी व्यवस्थापनमा राप्ती गाउँपालिकाले खेलेको भूमिकालाई प्रदेश सरकारले नदेखेको आरोप लगाउँदै उहाँले भन्नुभएको छ, "करिब १०० पटकभन्दा बढी प्रदेश सरकारलाई अनुरोध गरियो, तर बजेट कार्यान्वयनको कुनै छिनोफानो छैन। जनप्रतिनिधिले नै यति धेरै सास्ती खेप्नुपरेको छ भने सर्वसाधारण नागरिकको के हालत ...
जनयुद्धले स्थापित गरेका उपलब्धिहरूको रक्षा गर्नु आवश्यक : पूर्व सभामुख महरा

जनयुद्धले स्थापित गरेका उपलब्धिहरूको रक्षा गर्नु आवश्यक : पूर्व सभामुख महरा

Top News 2
भालुबाङ, १ फागुन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै संविधान र समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाद्वारा दाङको भालुबाङमा बिहीबार आयोजित ३०औं जनयुद्ध दिवसको अवसरमा सहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्धले स्थापित गरेका उपलब्धिहरूलाई रक्षा गर्दै समाजवाद उन्मुख मार्गमा अघि बढ्नु अबको आवश्यकता रहेको बताउनुभएको हाे। "जनताका अधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउनु पर्छ। शहीदहरूले देखाएको मार्गलाई आत्मसात गर्दै उनीहरूको सपना पूरा गर्न हामी प्रतिबद्ध हुनुपर्छ।"- महराले भन्नुभयो । त्यस्तै उहाँले शहीदहरूको त्याग र बलिदानकै कारण देशले ठूलो परिवर्तनको यात्रा तय गर्न सकेको उल्लेख...
जनयुद्ध दिवसमा नेकपा माओवादी केन्द्र तुलसीपुर वडा नम्बर ५ र ६ को सरसफाई कार्यक्रम ( तस्विरहरू )

जनयुद्ध दिवसमा नेकपा माओवादी केन्द्र तुलसीपुर वडा नम्बर ५ र ६ को सरसफाई कार्यक्रम ( तस्विरहरू )

Top News 2, राजनीति
दाङ, फागुन १ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को वडा कमिटीले संयुक्त रुपमा जनयुद्ध दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । तुलसीपुरको केन्द्रमा रहेको अरनीको मैदानमा सरसफाई कार्यक्रम आयोजना गरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को कमिटीले संयुक्त रुपमा सरसफाई कार्यक्रम आयोजना गरी ३०औं जनयुद्ध दिवस मनाएको हो। दिवस भन्नासाथ टेन्ट लगाएर वा कुनै हलमा गरिने कार्यक्रम र फजुल खर्चलाई हटाउँदै सामाजिक कार्यमा जोडिँदै सरसफाई कार्यक्रम गरिएको पार्टीले जनाएको छ। तस्विरहरू ...
दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा

दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा

Top News 2, राजनीति
दाङ, माघ २८  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले ढिलोचाडो विप्लवसँग एकता हुने बताएका छन । लुम्बिनी प्रदेशको राजधानी देउखुरीस्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन लाई सम्बोधन गर्दै महराले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग सहकार्य गर्दै पार्टी एकता हुने बताएका हुन् । उनले भने " ढिलो चाँडो विप्लवसँग एकता हुन्छ। अलि ढिलो होला। हामी एक ठाउँमा हुनुपर्छ। देशको राजनीति त्यति स्थायि स्थितिमा छैन। काङ्ग्रेस एमालेको सरकार छ तर निकै नाजुक छ। यो नाजुक अवस्थाबाट माथि आउनको निमित्त हाम्रो पार्टीमा आकर्षण बढेको छ । नेकपा माओवादीमा आकर्षण बढेको छ, जनताहरू आकर्षित छन। " एमाले, कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको ठुलो लहर रहेको महराले बताए । लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले दक्षिणतिर ग...
दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या

दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या

Top News 2
दाङ २६ माघ । दाङमा १० वर्षीय बालकले भरूवा बन्दुक चलाउँदा उनकाे सहाेदर भाईकाे मृत्यु भएकाे छ । शनिबार बिहान ११ बजेतिर तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुटा सम्बा निवासी १० वर्षीय शिशिर केसीले बन्दुक चलाउँदा नौ वर्षे भाइ भुवन केसीको मृत्यु भएको हो। घर देखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा घरमा बाजे ६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको १ नाले भरुवा बन्दुकले भुवनकाे दाँया कंचटमा हान्दन घट्ना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए । उनका अनुसार बाजे भुविन्द्र खत्री सहित १ थान भरुवा बन्दुक, छर्रा ३२८ पिस र फलामको ४ वटा गोली बरामद गरिएकाे छ । घटनाको  बिषयमा अनुसन्धान भइरहेको छ ।...