
दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु
दाङ, बैशाख १० / दाङको बबई गाउँपालिका–५, बबरपुरका १८ वर्षीय योगेश सुनारको घोडाको लात्तीले हानेर ज्यान गएको छ। आज दिउँसो करिब २ बजे बाटोमा हिँडिरहेका अवस्थामा बबरपुर बसोबास गर्ने ६० वर्षीय झगबिर वलीको घोडाले पछाडिबाट लात्ती हानेको थियो।
लात्तीले वाँया कोखामा गम्भीर चोट लागेपछि उनलाई तुरुन्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले साँझ ८:४० बजे उनलाई मृत घोषणा गरेका छन ।
घटनाका बेला पिडितकी आमा मिना सुनार पनि संलग्न रहेको जनाइएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...