अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

कृषि

अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने

अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने

कृषि, जीवनशैली, फोटो फिचर, भिडियो gallery, राजनीति, रोचक, शिक्षा, समाचार
मधुसूदन गिरी / दाङ १६ मंसिर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज घोराहीमा बसेको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले यस्तो निर्णय गरेको हो । जसको लागि १० वटै पालिकाको इन्चार्ज तोकिएको छ । जसअन्तर्गत राप्ती गाउँपालिकामा विनोद सोनि, राजपुरमा आकाश यादव , बंगलाचुलीमा मधुसूदन गिरी, तुल्सिपुर उपमहानगरपालिकामा हिरालाल वली, लमहिमा भरत भुषाल, दंगिशरणमा भद्र खत्री भुपेश र बबइमा नविक केसीलाई इन्चार्ज तोकिएको छ । यस्तै बैठकले तिलक राज डाँगी, मनोज बुढा र टिकाराम राउतलाई कार्यालय सदस्य तोकेको छ । अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षण मन्तव्य राख...
अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

Top News 1, कृषि, समाचार
बिशाल बिश्वकर्मा, फागुन १४ अजम्बरी कृषि सहकारी संस्थाको ११ औँ साधारण सभा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ अजम्बरी कृषि सहकारी संस्थाले आज सोमबार आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । ११ औं साधारण सभा अजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वलीको अध्यक्षतामा बसेको साधारण सभामा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ गाउँ वेसी कृषि सहकारी संस्थाका अध्यक्ष कलिभान रोका रहेको थिए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कालिभन रोकाले कृषि सहकारी संस्थाले साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । उनले बास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुला भएको बताएका छन । उनले किसान र मजदुरहरुको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरु संचालन भैरहेको बताएका‌‌ छन । बिशिष्ट अतिथिका रुपमा धनबहादुर ...
नेपालमा कृषिका चुनौती र सम्भावनाहरू

नेपालमा कृषिका चुनौती र सम्भावनाहरू

कृषि
कृषि नेपालको अर्थतन्त्रको अत्यावश्यक अंग भएको छ, जसले जनसंख्याको एक महत्वपूर्ण भागलाई जीविका उपलब्ध गराएको छ र राष्ट्रको खाद्य सुरक्षामा योगदान पुर्‍याइरहेको छ। यद्यपि, यस क्षेत्रले धेरै चुनौतीहरूको सामना गर्दछ जसले यसको विकास र सम्भावनालाई बाधा पुर्‍याउँछ। यस लेखले नेपालको प्रमुख कृषि समस्याहरूको अन्वेषण गर्दछ र तिनीहरूलाई सम्बोधन गर्न सम्भावित समाधानहरू बारे अन्तर्दृष्टि प्रदान गर्दछ।   १. खण्डित जग्गा : साना र खण्डित जग्गाको समस्याले कुशल कृषि उत्पादनमा ठूलो चुनौती खडा गरेको छ। यी साना जग्गा पार्सलहरूले यान्त्रिकीकरणलाई गाह्रो बनाउँदछ, मापनको अर्थव्यवस्था सीमित गर्दछ, र आधुनिक खेती अभ्यासहरूलाई बाधा पुर्‍याउँछ।   २. पुरानो खेती प्रविधिहरू: नेपालको कृषि अभ्यासको ठूलो हिस्सा अझै पनि परम्परागत र पुराना विधिहरूमा निर्भर छ। उन्नत औजार र प्रविधिहरूमा सीमित पहुँचको ...
मकै मा नोक्सानी भएकाले क्षतिपूर्ति पाउने : के गर्नुपर्छ ? कागजात के के चाहिन्छ ? हेर्नुहोस

मकै मा नोक्सानी भएकाले क्षतिपूर्ति पाउने : के गर्नुपर्छ ? कागजात के के चाहिन्छ ? हेर्नुहोस

कृषि
सागर सुबेदी, साउन ३१ , दाङ पछिल्लो समय दाङको तुलसीपुर लगायत विभिन्न ठाउँहरूमा मकै बाली मा बाँदर, बँदेल तथा मकैमा लाग्ने रोगले , मकै बाली मा नोक्सानी पुर्याएको खबर बाहिरीए सँगै किसान हरु चिन्तित देखिएका छन। मकै फल्ने क्रममा रोग लाग्नु , रातको समयमा बाँदर तथा बँदेल ले नोक्सान गरिदिनु ले किसान लाइ चिन्तित बनाएको हो । यतिकैमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले एउटा सुचना दिएको :- सुचनामा लेखिएको छ :- मकै बालीमा लागेको रोग होस् अथवा प्राकृतिक बिपत्तिका कारण बालीनाली नष्ट भएको भए तपसिलका कागजात सहित क्षतिपूर्तिका माग गर्नका लागी वडा कार्यालयमा सम्पर्क गर्नहुन सबै वडाबासीहरुलाई यसै सूचना मार्फत जानकारी गराउदछौँ ।    क्षतिको मागका लागि आवश्यक प्रक्रिया : १ . जनप्रतिनिधि,प्रहरी,वनका प्रतिनिधिको राेहवरमा क्षतिकाे मुचुल्का  २. कृषि शाखाकाे प्रतिनिधि क्षतिकाे मूल्याङ्कन ३ ....
व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

कृषि
सिन्धुपाल्चोक, पुस ९ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् । नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान रु २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो । नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाअनुसार ‘श्री तपाईं हाम्रो नमूना साना किसान सहकारी संस्था लिमिटेड’ को सेतीदेवी कृषि समूहले आलुको बीउ उत्पादन खेती गर्न जिम्मा पाएको थियो । उनका अनुसार आलु उत्पादन गर्न दुई वटा ट्र्याक्टर, मल, बीउ, कामदार, विषादी, कृषि भवनमा रकम खर्च भएको छ । स्थानीय कृषि सहकारीकै फार्म समूहले जिल्लामै उत्कृष्ट प्रजातिको आलु मानिने शैलुङ र मुडेबाट एक हजार पाँच सय किलो आलु ल्याएर बी...
च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

कृषि
रेसुङ्गा, पुस ९ । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ। विश्वास पनि अरूले गर्न नपर्ने रहेछ। जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन्। घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए। अहिले २० वर्ष पुगेका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लागे। रु दुई लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो। त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले। उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन्। दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गरेका उनले च्याउलाई ५० टनेलमा विस्तार ग...
खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

कृषि
दोधारा चाँदनी, ८ पुस । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ । उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ । यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ ।...
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता

सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता

कृषि
रेसुङ्गा, पुस ८ । गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ सहभागी भएका थिए। यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन् । उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएका थिए । उनले एक हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक खाएका थिए । सुन्तला बोकेर दौड्ने प्रतियोगितामा नौ जना सहभागी थिए । डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौड्ँदा प्रथम भीमकला भुसाल र आशा अर्याल भएकी छिन् । दोस्रोमा राधा पन्त र वर्षा पन्त साथै तेस्रो लक्ष्मी अर्याल र सावित्रा पन्थ पर्नुभएको छ । सुन्तला किसानलाई खेतीमा प्रोत्साहित,...
आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

कृषि
नवलपरासी, पुस ६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उनले भने, “गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, प्रमुख लामछिानेले भने, “यो वर्ष समय अनुकूल छ, आलु अत्पादन राम्रो हुने अनुमान छ ।” मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्...
नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

कृषि
नवलपुर, पुस ६ । (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन् । अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु भएको छ । नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा चरणका लागि किसानले मौरी चरनका लागि अन्य जिल्लामा लैजाने गर्दछन् । पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्यूठानसम्म नवलपुरबाट मौरी चराउन लैजाने गरिएको छ । अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामा नै चरनका लागि तोरी फुलेपछि ल्याइएको नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताए । थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै ग...