
तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम
तुलसीपुर, ७ वैशाख । तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा दलित तथा विपन्न महिलाहरुका लागि सशक्तीकरण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको हो ।
तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षता तथा १३ नं वडाको कार्यवाहक वडा अध्यक्ष विमला शर्मा ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले विपन्न वर्गका महिलाहरुलाई नेतृत्वमा ल्याउनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
तालिममा प्रशिक्षकहरू शुसिल कुमार बस्नेत र मानव अधिकारकर्मी निर्मल नेपालीले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा वडाका विभिन्न टोल विकास संस्थाको ४० जना महिलाहरुलाई सशक्तीकरणको तालिम सिक्नु भएको थियो । वडा सचिव कर्ण बहादुर हमालको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सहजीकरण तुलसी सामाजिक विकास केन्द्रको सदस्य प्रेरणा परियारले गर्नु भएको...