अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

साहित्य

श्रमिक महिलाको संघर्ष (कविता)

श्रमिक महिलाको संघर्ष (कविता)

अन्तर्राष्ट्रिय, कविता, मनोरञ्जन, साहित्य
- आजाद खड्का श्रमको घामले जलाएका हात, सपना बुन्छ नयाँ बिहानको बाट। न्यायको गीत गाउँछ मन, समानताको तिम्रै हुनुपर्छ चिन्ह। शिक्षा, सीपले उज्यालो ल्याउ, हाम्रो आवाज बलियो बनाउ। तिमी वारि कि खाडीमा पसिना बगाउने, कि आफ्नै भूमिमा सम्भावना उभ्याउने? तिमी निर्णयमा पुग्न जान्छेउ, स्थानीयदेखि संघीयसम्म अघिबढ्छेउ। विभेदका पर्खाल भत्काउँदै, नयाँ समाजको मुना रोप्छेउ। तिमी मात्र श्रमिक होइनौ, समाजको मेरुदण्ड तिमी नै हौ। तिम्रो वर्गीय आवाज बुलन्द गर, समाजवादको यात्रा अगाडि बढाउ। जब स्वामित्व हातमा लिनेछेउ, समाजको दिशा आफैं दिनेछेउ। त्यस दिन महिला मुक्ति पूरा हुनेछ, क्रान्तिले नयाँ बिहान खोज्नेछ!...
श्रमिक महिलाको संघर्ष (कविता)

श्रमिक महिलाको संघर्ष (कविता)

कविता, मनोरञ्जन, साहित्य
- आजाद खड्का श्रमको घामले जलाएका हात, सपना बुन्छ नयाँ बिहानको बाट। न्यायको गीत गाउँछ मन, समानताको तिम्रै हुनुपर्छ चिन्ह। शिक्षा, सीपले उज्यालो ल्याउ, हाम्रो आवाज बलियो बनाउ। तिमी वारि कि खाडीमा पसिना बगाउने, कि आफ्नै भूमिमा सम्भावना उभ्याउने? तिमी निर्णयमा पुग्न जान्छेउ, स्थानीयदेखि संघीयसम्म अघिबढ्छेउ। विभेदका पर्खाल भत्काउँदै, नयाँ समाजको मुना रोप्छेउ। तिमी मात्र श्रमिक होइनौ, समाजको मेरुदण्ड तिमी नै हौ। तिम्रो वर्गीय आवाज बुलन्द गर, समाजवादको यात्रा अगाडि बढाउ। जब स्वामित्व हातमा लिनेछेउ, समाजको दिशा आफैं दिनेछेउ। त्यस दिन महिला मुक्ति पूरा हुनेछ, क्रान्तिले नयाँ बिहान खोज्नेछ!...
कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल

कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल

ट्रेडिङ, साहित्य
सुन्दै छु बहिनीले झोला बोकिन अरे भन्दै थिइन् म त पढ्न सहर छिरे। आहा कति रमाइलो होला त्यो ठूलो बजार भिन्न भिन्न मानिसको भिड हजार अब त नयाँ नयाँ वस्त्रको पहिरन कति सुहाउला मलाई सहरिया रहनसहन यतिसम्म उत्साहित देखिन् उनी। एउटै घर १० चुला हुँदा कस्तो हुने हो कुन्नी काल्पनिक सहर स्मरण गर्दै वास्तविक सहर हेर्दा के बित्ला उनीमा शहरमा सुरुमा पाइला टेक्दा एकदिन तिम्रो रूप रङ बोली भाषा वस्त्रको पनि मजाक उडाउनेछन्। सबै दुनियासँग दिक्क भई हार खाँदा तिम्रो आँखा रसाउने छन्। यही सहरमा हजारौं मानिसको बीचमा तिमी एक्लै पर्नेछौ परिवारिक चिन्ता अनि भविष्यका बाटामा नभेटिँदा कमजोर हुनेछौ तब सम्झिनु तिमीले आमाका ती आँखामा तिमी प्रति रहेको आस। अनि बाबाले तिम्रो लागि दुःख गर्दा ठेला उठेका ती हात बिस्तारै तिमी मान्छे चिन्नेछौ बोल्न पनि कम गर्नेछौ। आँफुलाई आफैसँग सम्हालेर राख्नेछौ। कसैको कुराल...
छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती 

छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती 

साहित्य
किस्मत खतिवडा, बिराटनगर / २७ कार्तिक छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजना गरी २०८१ कार्तिक २७ गते मंगलबार कोशी प्रदेश बिराटनगर स्थित देवकोटा चोकमा महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ। विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो । उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष श्री हरि कट्टेलले अध्यक्षता गर्नु भएको थियो भने प्राज्ञ बिवश पोखरेलको प्रमुख आतिथ्य तथा प्राज्ञ खेम नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो। साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल , डा देवी पन्थी,भक्ति दाहाल, भवानी प्रसाद पोखरेल, भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ ,शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक,प्रमोद ढकाल , निर्मला कोईराला ,प्रिन्स प्रमोद ,सविना श्रेष्ठ,अम्विका खरेल उप्रे...
कविता : आश अझै बाकी – सुसन के .सी

कविता : आश अझै बाकी – सुसन के .सी

ट्रेडिङ, साहित्य
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ, मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ । भुल्न सकिन्छ कसरी धराकास मिलनको रात, जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ । सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब, मरुभूमीय अतृप्तिको एहसास अझै बाँकी छ । आज भोलि मौसम खराब छ ए मेरो दु:खी मन, उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ । तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन, यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ । कती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो, फेरि पनि जिउँदो छु भन्ने कटुमास अझै बाँकी छ । सुसन के.सी बनेपा-६, बुडोल...
कविता: चित्त बुझाउँनुपर्छ- जयन्ता खत्री “सुधा”

कविता: चित्त बुझाउँनुपर्छ- जयन्ता खत्री “सुधा”

कविता, साहित्य
पेटहरु आज पनि भोकाउछन् अन्न बिनाको भकारी हेरी चित्त बुझाउँछन् आँखा हरु आज पनि रसाउँछन् सुक्न लागेको घाउ हेरी चित्त बुझाउँछन् दशैं तिहार आज पनि आउँछ मैलो स्कुले कमिज हेरी चित्त बुझाउँछ यहाँ यस्तै हो चित्त बुझेन भने पनि चित्त बुझाउँनु पर्छ पत्थर भएको मुटुले के हेर्छ खोइ अचेल धेरै भयो खडेरी परेको छ आँखामा बर्खा लाग्न नपाउँदै प्रकृतिमा सरद लागिसकेछ र पनि चित्त बुझाएका छन् परेला हरुले विश्वास पनि कस्को गर्नु? बगर पानिको छेउमा भएर पनि सुख्खा हुन्छ हिउँ पग्लिदा हिमाल पनि नाङ्गिन्छिन् ।। नदि हडपेर बग्न नजान्ने पानिको आस गरेर चित्त बुझाउँछन् नियतिले भन्दा पनि नियतले ठगिएका हरु , खोक्रो राष्ट्रवाद देखाउने मार्गदर्शकहरु खै कता खोक्दैछन् तिनको खोकाई सम्झेरै चित्त बुझाउँछन् निमुखाहरु किन्नेले नुन देखि कानुन किनिसके सन्तुष्टि को स्वाद घोलेर तिहुन पकाउँछन् गरिब हरु बनाउनेले देशक...
कविता : बालबालिकालाई सन्देश – झरना के.सी

कविता : बालबालिकालाई सन्देश – झरना के.सी

साहित्य
प्रिय नानी बाबू , तिमी फूल झै मुस्कुराउनु , जुन झै चम्किरहनु खाेला झै निरन्तर अाफ्नाे लक्ष्यमा बगिरहनु । केही गर्न सक्दिनँ भन्ने लाग्यो भने , सफल व्यक्तिबाट सल्लाह लिनु , सिक्न कहिल्यै नछाेड्नु , निरास भएको बेला अाशाबादी व्यक्तिहरुसँग कुरा गर्नु । सल्लाह त्यो व्यक्तिसँग लिनु जाे अाशावादी सफल र सक्षम छ , अाफ्नाे गल्तीमा झुक्न कहिल्यै नडराउनु गल्ती गर्दा ठेस लाग्दा नअात्तिनु , आफुलाई चिन्नु , चिन्न नसके पनि सफल र सक्षम व्यक्तिहरुबाट मात्र सल्लाह लिनु , साथी त्यसलाई बनाउनु जसले तिमीलाई राम्रो काम गर्न प्रेरित गराेस् । तिमी अनमाेल छाै , तिमी विषेश छाै , तिमी फरक छाे ,अगाडि बढ्दै जानु बालदिवसकाे भरपुर शुभकामना ✍️:झरना के.सी दाङ ...
कविता : बाल अधिकार – शुभम देवकोटा

कविता : बाल अधिकार – शुभम देवकोटा

साहित्य
सपना बोकेको मासुम मनमा, अधिकार छन् मूलभूत कुरा । सपना फलाउने हक पाउँछ हरेक, तपाईं र म, सबैको जिम्मेवारी । शिक्षा हो, उज्यालोको बाटो , सपना साकार बनाउने बल । सुरक्षित बचपन, स्वास्थ्यको ध्यान, स्वाभिमान र खुशीको सन्देश हो । सपना गर्न पाउने हक सबैलाई, अधिकारको श्रृंगार सजाउँछ । सपना पूरा गर्न योग्य बनाउँछ, जीवनको यात्रा रमाइलो बनाउँछ । सपना र अधिकार, शक्ति र सम्भावना , संसारमा सुन्दर भविष्यको आधार । साँचो मानवता र समर्पणले, बाल अधिकारलाई सम्मान गर्ने छ । यसरी, हाम्रा बालबालिकालाई, सुरक्षित, शिक्षित र सशक्त बनाऔँ । आउनुस्, हामी सबै मिलेर, तिनीहरूको सपना पूरा गरौँ । ✍️: शुभम देवकोटा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ दाङ...
कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा

कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा

साहित्य
चन्द्रमा लडिरहेको छ, रात्री गहिरो छ । तिम्रो यादको बादल, अन्धकारमा घुमिरहेको छ। रातको निस्तब्धतामा, तिमीलाई खोज्दै छु, आकाशको तारे जस्तै, तिमीलाई मनमा सजाउँदै छु। सपना र यथार्थ बीचको, पर्खाल छ उभिएको, तिम्रो प्रेमको वियोगमा, मन कसमसिएको। तिम्रा हाँसोका फूलहरू, अब रूखको छाँयामा छन्, म तर माटोमा हराएको, यत्रा सोच्छु गहिरो गहिरो। पानीको वहावमा , तिम्रो स्वर गुञ्जन्छ, धुँवा र हवाको संग, तिमी सँगै बाँच्न सक्नेछु। सपना मात्र हो, अब तिमीलाई नपाउँदा, तिम्रो प्रेमको अधुरो कथा, रातको काजलमा वाँच्दैछु । शुभम देवकोटा दाङ ...
कविता : नेताको भाषण है – देवेन्द्र लुइँटेल

कविता : नेताको भाषण है – देवेन्द्र लुइँटेल

साहित्य
नपढेर ठिकै भो बरु शब्दको भारी खेप्नु परेन , खाडी को कमाईले घर बन्यो ,पढाईको ॠण त चेप्नु परेन , सर्टिफिकेटको पाना को काम छैन भन्छन मेरो देशमा , लुकायो पढेको साथीले अनुहार बदलाव छैन उसको भेषमा पढेको भए भर्खरै मेरो पढाइ सकिन्थ्यो , घोकेको शब्दको दम सकिन्थ्यो , बाले घोटेको हाडको धुलो सकिन्थ्यो , आमाको कान रित्तो हुन्थ्यो , थाकेको शरीर र भोको सपना जागिरको लागि घस्रन्थ्यो , सरकारको त ध्यान म तिर हुन थिएन , निजि कार्यालयमा मेरो प्रमाणपत्र बिसाउँथ्यो ।। बरु खाडी प्यारो भो, दलाललाई टन्न पैसा दिए , मेनपावर दलका नेताको रैछ , उनी प्रसन्न थिए म बिचाँरो अब उड्न लाग्दै थिये , नेताको भाषण सुने , विदेश जानू पर्दैन रे, एकैछिन खोक्रो आश्वासन सुने , देवेन्द्र लुइँटेल खोटाङ...