
“हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न
घोराही, वैशाख ९
“हामी सबै भिन्न, हामी सबै समान” भन्ने सशक्त नारासहित यौनिक तथा लैंगिक अल्पसंख्याक समुदायप्रति हुने लैंगिक हिंसाको निवारण र चेतना अभिवृद्धि गर्ने सम्बन्धी कार्यक्रम दाङको घोराही स्थित होटल माछापुच्छ्रेमा सम्पन्न भएको छ ।
कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने हिंसा, भेदभाव र सामाजिक बहिष्कारका विविध पक्षमाथि गहिरो छलफल गरिएको थियो। यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दुर्गालाल के.सी. ले समुदायले भोगिरहेका संरचनात्मक हिंसा र सामाजिक भेदभावका विषयमा प्रशिक्षण दिएका थिए।
सहभागीहरूले आफ्ना अनुभवहरू खुलेर प्रस्तुत गरे, जसले हिंसाको स्वरूप र त्यसले पार्ने मनोवैज्ञानिक असरलाई अझ स्पष्ट बनायो साथै सहभागीहरूलाई हिंसाको पहिचान, त्यसविरुद्ध कानुनी अधिकार र स्थानीय सहायता संयन्त्रबारे जानकारी प्रदान गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा करिना घर...