अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

समाचार

दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि

दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि

Top News 1, समाचार
बिशाल विश्वकर्मा,जेठ ६ लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना-एएफ (RCIP-AF) आयोजना कार्यान्वयन इकाई, शंकरनगर रुपन्देहीद्वारा संचालित बिजौरी–कोठारी सडक शिलान्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा पोखरेलले उक्त सडक योजनाले दाङको ग्रामीण भेगलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन । कार्यक्रममा निर्माण कम्पनीले उक्त सडक आयोजना २ वर्षभित्र सम्पन्न गर्ने  प्रतिबद्धता समेत सार्वजनिक रूपमा जनाएको छ । यसै अवसरमा महासचिव पोखरेलले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थललाई यसै आर्थिक वर्षको बजेटमा समावेश गरिने जानकारी दिए। “प्रधानमन्त्रीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाइएको छ, मन्त्रालयमा पनि पर्याप्त छलफल ...
गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल

गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल

Top News 1, राजनीति, समाचार
जेठ ३, काठमाण्डौ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अन्तर्गत गैरभौगोलिक लुम्बिनी प्रदेश सम्पर्क जिल्ला समिति गठन गरिएको छ। शनिबार नेपाल समाजवादी पार्टी केन्द्रिय कार्यालय, तीनकुनेस्थित ने.स.पा सभा हलमा सम्पन्न भेलाले नयाँ समिति गठन गरेको हो । बाबुराम भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा नेपाल समाजवादी पार्टी उपाध्यक्ष श्री इश्वर रिजालको प्रमुख आथित्व रहेको थियो। नयाँ गठित लुम्बिनी सम्पर्क समिति दीपक पोख्रेलको संयोजकत्वमा गठन गरिएको छ । पोख्रेलको संयोजकत्वमा रहेको प्रदेश समितिमा सह-संयोजकमा संजय जैसवाल र अनिता गुरुङ रहेका छन भने जिल्ला संयोजकमा बर्दिया बाट हुमलाल वि.क, बाके बाट पूर्ण कुता दाङ बाट बर्षा पोख्रेल, कपिलवस्तु बाट प्रकाश न्यैपाने, रुपन्देही बाट बसन्त पोख्रेल, नवलपरासी बाट विनोद यादव, पाल्पा बाट गोविन्द कार्की, गुल्मी बाट भेषराज अर्याल, प्यूठान बाट सरीता गहतराज रह...
सगरमाथा संवादको तयारी अन्तिम चरणमा

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

प्रमुख खबर, समाचार
काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताएकी हुन् । उनले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिइन् । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरुको उपस्थिति रहने उनको भनाइ छ । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताइन् । मन्त्री राणाकाअनुसार संवादको तयारी अन...
साथीसँग नुहाउन गएका किशोर ड्याममा डुबेर बेपत्ता

साथीसँग नुहाउन गएका किशोर ड्याममा डुबेर बेपत्ता

Top News 1, समाचार
तुलसीपुर, वैशाख २७ दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हसपुरास्थित एक सिचाइ ड्याममा नुहाउने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् । रुकुम पश्चिम घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१७ झिङ्गै बसोबास गर्दै आएका १६ वर्षीय भुपेन्द्र बि.क डुबेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्राप्त जानकारी अनुसार भुपेन्द्र बिक वैशाख २६ गते साँझ साथी सन्देश बि.कको घरमा आएका थिए । भोलिपल्ट वैशाख २७ गते बिहान खाना खाएर तीन जना साथीहरुसँग नुहाउन हसपुरास्थित ड्याम गएका थिए । नुहाउने क्रममा भुपेन्द्र ड्याममा डुबेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा १० जनाको टोली घटना स्थलमा खटिएको हो । घटनाको थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
तुलसीपुर सहित पश्चिम क्षेत्रमा भोली   विद्युत अवरुद्ध हुने : हेर्नुहोस कहाँ कहाँ विद्युत अवरुद्ध हुन्छ

तुलसीपुर सहित पश्चिम क्षेत्रमा भोली विद्युत अवरुद्ध हुने : हेर्नुहोस कहाँ कहाँ विद्युत अवरुद्ध हुन्छ

समाचार
दाङ, १९ बैशाख तुलसीपुरसहित पश्चिम दाङमा भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । हापुरेदेखि अस्वारा हुँदै तुलसीपुरसम्मको ३३ केभि लाइन अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका सम्पूर्ण स्थान र दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका केहि स्थानमा विद्यतु सेवा पूर्णरुपमा विद्यतु अवरुद्ध हुने केन्द्रले जनाएको छ। प्राधिकरणका अनुसार काम निर्धारित समय अगावै सकिएमा विद्युत निर्धारित समयभन्दा अगाडी सूचारु हुनेछ ।...
हिमाल बोर्डिङ स्कुल परिसरमा हतियार प्रहार, विशेष श्रेष्ठ घाइते

हिमाल बोर्डिङ स्कुल परिसरमा हतियार प्रहार, विशेष श्रेष्ठ घाइते

Top News 1, समाचार
तुलसीपुर, वैशाख १९ दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुल परिसरभित्र धारिलो हतियार (खुँडा) प्रहारबाट एक जना व्यक्ति घाइते भएका छन् । शुक्रबार बिहान करिब १०:३० बजे रजौरा निवासी ३७ वर्षीय विशेष श्रेष्ठमाथि रक्षाचौर निवासी अन्दाजी १८/१९ वर्षीय सुरेश सुनारले हिमाल बोर्डिङ स्कुल परिसर भित्र खुँडा प्रहार गरेका हुन् । श्रेष्ठको बाँया कुम र दुबै हातको पाखुरामा चोट लागेको छ । प्रारम्भिक अवस्था मध्यम रहेको र सामान्य उपचार पछि हाल घाइते श्रेष्ठलाई थप उपचारका लागि बिहान ११:३० बजे राप्ती लाइफ केयर अस्पताल, मोतिपुर दाङमा हड्डी रोग विशेषज्ञलाई देखाउने गरी रिफर गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरको टोली खटिएको छ । हतियार प्रहार गर्ने सुरेश सुनार हाल फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
तुलसीपुरमा कार र स्कुटी ठक्कर, हजुरबुवा–नातिनी घाइते

तुलसीपुरमा कार र स्कुटी ठक्कर, हजुरबुवा–नातिनी घाइते

समाचार
तुलसीपुर, बैशाख १६ दाङको तुलसीपुर उपमहानगरपालिका–५ सुकैरा रोड पानी ट्याङ्की नजिक आज बिहान करिब ९:२० बजे कार र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । सुकैरा तर्फबाट तुलसीपुरतर्फ आइरहेको रा १ झ १४२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–००१ प १६७९ नम्बरको स्कुटिलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटी चालक तुलसीपुर-५ बस्ने बर्ष ४२ वर्षीय शंकर रेग्मी र पछाडि सवार उनकी ४ वर्षीया नातिनी प्रिन्स बुढाथोकी घाइते भएका छन् । रेग्मीको दायाँ खुट्टामा सामान्य चोट लागेको छ भने नातिनी बुढाथोकीको टाउको, छाती, मुख र निधारमा चोट लागेको र अवस्था सामान्य रहेको छ । दुर्घटनामा संलग्न कार र चालक तुलसीपुर–६ का ४२ वर्षीय रेवा राउतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।...
“हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न

“हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न

Top News 1, समाचार, समाज
घोराही, वैशाख ९ “हामी सबै भिन्न, हामी सबै समान” भन्ने सशक्त नारासहित यौनिक तथा लैंगिक अल्पसंख्याक समुदायप्रति हुने लैंगिक हिंसाको निवारण र चेतना अभिवृद्धि गर्ने सम्बन्धी कार्यक्रम दाङको घोराही स्थित होटल माछापुच्छ्रेमा सम्पन्न भएको छ । कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने हिंसा, भेदभाव र सामाजिक बहिष्कारका विविध पक्षमाथि गहिरो छलफल गरिएको थियो। यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दुर्गालाल के.सी. ले समुदायले भोगिरहेका संरचनात्मक हिंसा र सामाजिक भेदभावका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले आफ्ना अनुभवहरू खुलेर प्रस्तुत गरे, जसले हिंसाको स्वरूप र त्यसले पार्ने मनोवैज्ञानिक असरलाई अझ स्पष्ट बनायो साथै सहभागीहरूलाई हिंसाको पहिचान, त्यसविरुद्ध कानुनी अधिकार र स्थानीय सहायता संयन्त्रबारे जानकारी प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममा करिना घर...
वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’

वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’

शिक्षा, समाचार
तुलसीपुर, वैशाख ९  वैदेशिक उच्च शिक्षा हासिल गर्न चाहना राख्ने विद्यार्थीहरूका लागि ‘सक्सेस एजुकेशन’ एक उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। तुलसीपुरमा तीन वर्ष अघि स्थापना गरिएको यस संस्थाले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। सुरुमा केही सीमित सेवाबाट शुरू भएको ‘सक्सेस एजुकेशन’ले अहिले दक्षिण कोरीया, जापान, अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत, डेनमार्क, फ्रान्स , न्यूजल्याण्ड लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सम्पूर्ण परामर्श तथा सहजीकरण सेवा प्रदान गर्दै आएको छ साथै भाषा तयारी (IELTS, PTE), निशुल्क जापानिज भाषा कक्षा सञ्चालन गर्दै आएको छ । विद्यार्थीको भविष्यप्रति जिम्मेवार रहँदै ‘सक्सेस एजुकेशन’ले अध्ययन सल्लाह, विश्वविद्यालय छनौट, आवेदन प्रक्रिया, भिसा मार्गदर्शनदेखि पूर्व-प्रस्थान तालिमसम्मका सम्पूर्ण सेवा एकै छानामुनि प्रदान गर्दै आएको छ। व...
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता

Top News 1, विचार, शिक्षा, समाचार
विशाल वि.क, तुलसीपुर नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ तर देशभरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियानमा अन्यौलता छाएको छ। वैशाख २ गतेदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण प्रभावित भएको हो। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा केन्द्रीय आन्दोलनमा रहेका छन्। आन्दोलनको कारण विद्यालयहरूमा प्रशासनिक काम ठप्पजस्तै भएका छन् भने भर्ना प्रक्रियामा पनि ढिलाइ भएको छ। शिक्षकहरूको आन्दोलनले विद्यालय खुला त देखिए पनि शिक्षकको उपस्थिति कमजोर भएको छ। नयाँ विद्यार्थीको भर्ना प्रक्रिया अघि नबढ्दा अभिभावक र विद्यार्थी अन्यौलमा परेका छन्। भर्ना अभियान नै ठप्प हुँदा धेरै अभिभावकहरूले आफ्नो बच्चा निजी विद्यालयमा भर्ना गराउने एकमात्र विकल्प बनेको छ । शिक्षकहरूको अभाव, विद्यालय ...