
वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’
तुलसीपुर, वैशाख ९
वैदेशिक उच्च शिक्षा हासिल गर्न चाहना राख्ने विद्यार्थीहरूका लागि ‘सक्सेस एजुकेशन’ एक उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। तुलसीपुरमा तीन वर्ष अघि स्थापना गरिएको यस संस्थाले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ।
सुरुमा केही सीमित सेवाबाट शुरू भएको ‘सक्सेस एजुकेशन’ले अहिले दक्षिण कोरीया, जापान, अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत, डेनमार्क, फ्रान्स , न्यूजल्याण्ड लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सम्पूर्ण परामर्श तथा सहजीकरण सेवा प्रदान गर्दै आएको छ साथै भाषा तयारी (IELTS, PTE), निशुल्क जापानिज भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यार्थीको भविष्यप्रति जिम्मेवार रहँदै ‘सक्सेस एजुकेशन’ले अध्ययन सल्लाह, विश्वविद्यालय छनौट, आवेदन प्रक्रिया, भिसा मार्गदर्शनदेखि पूर्व-प्रस्थान तालिमसम्मका सम्पूर्ण सेवा एकै छानामुनि प्रदान गर्दै आएको छ।
व...