
उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का
दिपकराज खड्का / उद्यमशीलता (Entrepreneurship) को मूल मन्त्र कुनै व्यवसायको नक्कल गर्नु होइन, त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्नु हो। पुरानै चिजलाई नयाँ ढंग, नयाँ सोच र नयाँ शैलीमा रूपान्तरण गर्नु नै साँचो उद्यमशीलता हो।
आज हामी बजारको कुरा गर्दैछौं : यहाँको एउटा सामान्य परिपाटी बनेको छ — एक जनाले मोबाइल पसल खोल्यो, मेहनत गर्यो, सेवा राम्रो दियो र राम्रो आम्दानी गर्यो। त्यसपछि अर्कोले सोचे, “उस्तै पसल खोले भने म पनि त्यत्तिकै कमाउँछु।” उसले पनि मोबाइल पसल खोल्यो — तर सोच, शैली, सेवा सबै पहिलेको जस्तै। फेरि अर्काेले पनि त्यही गरे। यसरी गर्दा–गर्दा बजारमा मोबाइल पसलको संख्या आवश्यकता भन्दा धेरै भयो। नतिजा के भयो? पहिले सुरु गर्ने त टिके, बाँकीले घाटा बेहोरे।
'भास्य निर्माण: बादरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि बनाउन दिँदैन।'
त्यसरी नक्कल गर्नेको न त आफ्नै व्यवसाय टिक्छ, न अरुको ...