
धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र
संविधानको धारा २४ (१) अनुसार कुनै पनि व्यक्तिलाई जातीय पहिचानका आधारमा भेदभाव गर्न पाइँदैन। जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार यस्तो कार्य अपराध हो। संविधानको धारा ४२ ले सामाजिक न्यायको ग्यारेन्टी गरे तापनि व्यवहारमा यो कार्यान्वयन भएको छैन।
-आजाद खड्का
१. विषय प्रवेश
नेपालमा जातीय विभेद केवल सामाजिक समस्या मात्र नभएर एक गहिरो संरचनागत दमनको रूप लिइसकेको छ। यसको पछिल्लो उदाहरण सिरहाको औरही गाउँपालिका-५ मा देखिएको छ, जहाँ महायज्ञको नाममा दलित दिपक मरिकको घर भत्काइ धार्मिक अन्धविश्वासको नांगो नृत्य प्रदर्शन गरिएको छ। यो केवल एक परिवारलाई विस्थापित गरिएको घटना मात्र होइन, बरु नेपालको संविधान, मानव अधिकार, समानता, र सामाजिक न्यायमाथि गरिएको खुँडा प्रहार हो।
यो घटनाले दलित समुदायलाई निरन्तर दोस्रो दर्जाको नागरिक बनाइराख्ने मानसिकताको पुष्टि गर्छ। सामाजिक संरचनाभित्र ...