फोटो फिचर
जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता
दाङ ८ जेठ । सहायता केन्द्र नेपालको आयोजना र तुलसिपुर उपमहानगरपालिका वडा न. १ को आर्थिक सहयोगमा दलित र गैरदलित बिच सह-अस्तित्व निर्माणसंगै जातिय विभेद तथा छुवाछुत सम्बन्धि दुई दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि कको अध्यक्षतामा र वडा अध्यक्ष हुमाकान्त सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो। दुइदिने प्रशिक्षण कार्यक्रममा सुशिल बस्नेत र निर्मल नेपालीले प्रशिक्षन दिनु भएको थियो।
दुइदिने प्रशिक्षण पछि समापन कार्यक्रममा दलित र गैरदलित सहभागीहरुले जातिय बिभेद तथा छुवाछुत नगर्ने र अरुलाइ पनि गर्न नदिने भनेका थिए । समाजमा सबै बराबरी हुनुपर्ने प्रतिबद्धतासंगै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर भएमा समाज बाट छुवाछुत अन्त्य हुन सक्ने कुरा व्यक्त गर्नु भएको थियो।
कार्यक्रमा सहा...
प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै
सुरज पुन मगर,
प्यूठान :प्यूठानको पर्यटकीय क्षेत्र
मल्लरानीमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ । निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ। सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए ।
मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ ।दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए ।
‘ केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद...
घुम्नैपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा मुस्ताङ
सन २०२४ मा घुम्नै पर्ने विश्वका विभिन्न देशहरूको सूचीमा नेपाल पनि परेको छ। न्यूयोर्क टाइम्सले २०२४ को लागि ५२ देशका विभिन्न स्थानको सूची बनाएको छ जसमा नेपाल ३७ औं स्थानमा छ भने सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरिएको छ।