अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

प्रमुख खबर

दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड 

दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड 

Top News 2, प्रमुख खबर, राजनीति
दाङ, ११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङमा आर्थिक क्रियाकलाप सकारात्मक रुपमा अघि बढिरहेकाले विकासको संभावना फराकिलो बन्दै गएको बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासङ्घ दाङको आयोजनामा घोराहीमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफ्नै पार्टीको पहलमा प्रादेशिक राजधानी दाङमा बनेको उल्लेख गर्दै आर्थिक क्रियाकलापका हिसाबले दाङ सकारात्मक रुपमा अगाडि बढिरहेकोबताउनुभयो । आफूले दाङ जिल्लाको भ्रमणमा विभिन्न सरोकारवालाले गरेको माग र राखेको धारणाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै यी माग कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । केही राजनीतिक र केही प्राबिधिक कारणले अघि बढ्न नसकेको टरिगाउँ विमानस्थल अघि बढाउन बिस्तारै राजनीतिक सहमति बन्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले यसलाई पूर्णता दिन लाग्ने प्रतिबद...
दाङ पुगे प्रचण्ड

दाङ पुगे प्रचण्ड

Top News 1, प्रमुख खबर
तुलसीपुर, ११ पुस ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाङकाे तुलसीपुर पुगेका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र तुलसीपुर नगरको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड तुलसीपुर आएका हुन् । उनी केही समय तुल्सीपुरको दोघरे स्थित मेट्रो होटलमा कार्यकर्ता भेटघाट गर्नेछन्। प्रचण्डले आज बिहानको खाना तुल्सीपुर ८ स्थित शहिदको घरमा खानेछन् । भने दिउँसो अरनीको मैदानमा हुने सभालाई सम्बोधन गर्नेछन्।...
तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु

तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु

Top News 2, खेलकुद, प्रमुख खबर
तुलसीपुर, ८ माघ तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ को आज माघ ८ गते एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष थलराज पुरीको सभाध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना गरि वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । वडाले खेलकुद तर्फ विनियोजन गरेको बजेटबाट उक्त प्रतियोगिता आयोजना गरिएको र समग्र वडाको खेलकुद क्षेत्रमा विकास गर्न आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम आयोजना गरिने वडाअध्यक्ष पुरीले बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को आयोजना र युवा सञ्जाल तुलसीपुर १७ को सहजिकरणमा यहि माघ ८ गते देखि १० गतेसम्म हुने वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा फुटबल, घैँटोफोर र कुर्सीदौड प्रतियोगिता सन्चालन गरिने आयोजकले जनाएको...
‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित )

‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित )

प्रमुख खबर, मनोरञ्जन
काठमाडौं– ऋषिराज आचार्य निर्देशित बहु प्रतिक्षित फिल्म ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । सोमवार साँझ सार्वजनिक १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा आधारित यो फिल्मले एक अर्गानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ । डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो फिल्ममा हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ । फिल्म आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ। ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको बुझिएको छ । यसको स्क्रिप्ट नै करिब चार वर्ष लगाएर लेखिएको बताइन्छ । निर्देशक आचार्यका अनुसार फिल्मलाई अर्गानिक र उत्कृष्ट बनाउनका लागि कुनै कम्परमाइज नगरिएको दाबी रहेको छ। यो फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज...
राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

Top News 3, प्रमुख खबर
तुल बहादुर कवँर मगर / मसुरीया, ६ माघ  दाङ - देउखुरीकाे राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहलमा मसुरीयामा शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हाे। अधिवेशनकाे पहिलो बैठकले आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले प्रस्तुत गर्नुभएको "गाउँपालिकाको आर्थिक ऐन २०८१" को संशोधित प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभएको छ। त्यस्तै सभाको शून्य समयमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी,गाउँसभा सदस्य वीर बहादुर चाैधरी,दिपक कुमार चाैधरी,भुपलाल थापा मगर र बलिराम चाैधरीले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राख्नु भएको थियो । अधिवेशनको दाेस्राे बैठक पुनः माघ २२ गते बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव न...
फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट

फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट

Top News 1, प्रमुख खबर
दाङ, ४ माघ । दाङको तुलसीपुरमा एक बालिकामाथि अपहरण गरि कुटपिट गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ निवासी १७ बर्षीया रश्मी खत्रीलाई अपहरण गरि कुटपिट गरिएको हो । विहीबार ५/६ जनाको समूहले कुटपिट गरेको खत्रीले बताईन् । उनका अनुसार तुलसीपुर ७ प्रसेनी निवासी सानु नाम गरेकी केटीले खत्रीलाई बजार आउन भनिन् । सानुसंग पहिले पनि चिनजान थियो । उनले बोलाएपछि दिउसो २ बजेतिर तुलसीपुरको ‘ग’ लाइनमा आइन र, सानुसंग भेटघाट भयो । सानुसंगै अन्य तीनजना केटीहरु पनि थिए । उनीहरु पनि पहिले देखि फेसबुकबाट चिनजानेकै साथीहरु थिए । ति साथीहरु थिए– तुलसीपुर १८ विजौरीकी रितु मगर, सोही ठाउँकी सुमी क्षेत्री र तुलसीपुर ५ बसपार्क निवासी दिपा मगर । ति सबैले खत्रीमाथि एक्कासी कुटपिट गरे । त्यहाँ कुटपिट पछि उनीहरुले अटो रिक्सामा राखेर बसपार्क स्थित दिपाको घरमा लगे र, त्यहाँ पनि कुटपिट गरे । त्यसपछि विजौरी स्थित ...
जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

प्रमुख खबर, समाचार
सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन । भोज, घुमफिर तथा अन्य उपलब्धिहिन खर्च कटाएर सामाजिक अभियान्ता ज्ञानेन्द्र पुनले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाइ शैक्षिक सामग्री उपलब्ध गराएका हुन। बिहिवार शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा आधारभुत बिद्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरेर १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । जन्मदिनको अवसरमा सामाजिक अभियान्ता पुनले ११ जना छात्रा र ७ जना छात्रलाई शैक्षिक सामग्री उपलब्ध गराएको बिद्यालयले जनाएको छ । जन्मदिनको अवसरमा उनले २० दर्जन कापी, १८ दर्जन कलम, दुई सेट ब्याटमिन्टन, १८ थान ज्यामिती बक्स, लुडो सेट ५ र चार्ट बोर्ड ६ थान उपलब्ध गराएको बिद्यालयले जनाएको छ । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक ओमलाल ब...
घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न 

घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न 

प्रमुख खबर, समाचार
घोराही । नेपाल मगर संघ घोराही नगरको आयोजनामा हुन लागेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको तयारी ९० प्रतिशत सम्पन्न भएको छ । माघ ५ गते देखि ११ गते बाट सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।  कार्यक्रम स्थलको घेरबार तथा मञ्च तयारी सकिएको र स्टल निर्माण काम पनि सम्पन्न भएको अध्यक्ष बुढाले बताउनुभयो । "मेलाको तयारी लगभग सकिएको छ । मञ्च तयारी, स्टल निर्माण सकिएको छ भने ९० प्रतिशात स्टल बुकिङ भइसकेको छ । बाकी स्टल बुकिङ भइ रहेको र अझै स्टल बुकिङ गर्न चाहनेले आयोजक संग सम्पर्क गर्न सक्नुहुन्छ । " उहाले भन्नुभयो । मेला उद्घाटनको लागि २ दिन बाँकी रहेको र २ दिन भित्र सबै काम सकिने समितिका प्रचारप्रसार प्रमुख कैलाश रोका मगरले बताउनुभयो । मेलाको लागि पिङ तथा बाल उद्यान जस्ता खेल सामाग्री आउँदै गरेको बताउदै रोकाले उद्घाटन अगाव...
राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

Top News 2, प्रमुख खबर
तुल बहादुर कवँर मगर/भालुवाङ २९ पुस दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति ) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सूचना जारी गरि जानकारी गराएको छ ।पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सूचनामा उल्लेख छ । यसैबिच सो पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकार द्धारा प्रदेश भर सार्वजनिक बिदा दिएको छ ।  ...