अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

पत्रपत्रिका

शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट

शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट

Top News 2, पत्रपत्रिका, प्रमुख खबर, समाचार
काठमाडौ, भदौ २६ । काठमाण्डौ स्थित बुद्वनगरमा एक पत्रकार सम्मेलन विच शी लिड्स आइकनका लागि छनोट हुनु भएका २७ जना महिला जनप्रतिनिधिलाई प्रस्तुत गरिएको छ ।पत्रकार सम्मेलन मार्फत महिला जनप्रतिनिधिको काम योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ , कर्णाली प्रदेशबाट ४  र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरिएको छ। प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो। जसमा कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११,लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको आयोजक संस्थाले जानकारी गराएको छ । “महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफ...
७ दिने बाल उद्घोषण तालिम सम्पन्न

७ दिने बाल उद्घोषण तालिम सम्पन्न

Top News 2, ट्रेडिङ, पत्रपत्रिका, प्रमुख खबर, स्थानीय
काठमाडौ ।  बालमैत्री नेपाल र बाल समता नेपालको संयुक्त आयोजनामा मंगलबारबाट ७ दिने बाल उद्घोषण तालिम समापन भएको छ । नेतृत्व तथा क्षमता विकासका लागि बालबालिकाहरुको सहभागिता अभिवृत्ति गर्नका लागि तालिम आयोजना गरिएको बालमैत्री नेपालले जनाएको छ । ७ दिने बाल उद्घोषण तालिमको समापन समारोह बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलको अध्यक्षातामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय बाल अधिकार परिषद्का  उपाध्यक्ष  बम वहादुर बानियाँ रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियन्का महासचिव तथा राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोत्तम पौडेल रहनुभएको थियो । कार्यक्रममा  तालिमका प्रशिक्षार्थी जयन्ता खत्रीले यो कार्यक्रमले गर्दा आफूमा अझ बाल अभियान्ताका रुपमा आउनका लागि सहयोग पुगेको भन्नू भयो । यो कार्यक्रम भर्चुअलको माध्यमबाट पनि धे...
सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो

सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो

Top News 1, ट्रेडिङ, पत्रपत्रिका, प्रमुख खबर
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया सृष्टि जगदीश प्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन् । उनी यस परिवारको जेठी छोरी हुन् । करीव डेढ बर्ष पर्साको सखुवा प्रसौनीमा कार्यरत उनी आफुले सिकेको सिप र ज्ञानले नेपाल भन्दा जापानमा राम्रो कमाई हुने र परिवारको जिवन सुधार गर्न सहयोग हुने विश्वासका साथ सृष्टिले जापानमा जाने योजना बनाइन् । सृष्टिले परिवारसंग सरसल्लाह गरेर नै जापानको सैनिक अस्पतालमा आवेदन दिएकी थिइन् । त्यहीँ सैनिक अस्पतालमा जान परीक्षा दिनका लागि उनी वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार थिइन् । तर, उनको बस गन्तव्यमा पुग्नै पाएन । जापान पुग्ने उनको सपनासंगै उनलाई ...
व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन  : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड

व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड

Top News 2, पत्रपत्रिका, समाचार, स्थानीय
बैशाख, ०३, तुलसीपुर तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले सम्पूर्ण व्यापारिक संस्थाहरू एक हुने बेला आएको बताउनुभयो। पछिल्लो समय व्यवसाय धराशय हुँदै गएको अवस्थामा सबैजना एकजुट भएमा मात्र सफल भएमा मात्र माथी उस्किन सकिने उहाँक  भनाई छ । व्यवसाय सम्बर्द्धन केन्द्र तुल्सीपुरका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका का आर्थिक बिकास समिति संयोजक माधब ओलिले निजी क्षेत्रको लगानीले मात्रै विकास सम्भव भएकाले निजी क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो। नयाँ व्यवसाय गर्न चाहने युवाहरूलाई यस सेन्टरले सम्पुर्ण सहयोग गर्ने उहाले बताउनुभयो । तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले विद्यार्थीलाई उत्पादनसंग जोड्ने किसिमको शिक्षा कलेजले दिने गरेको बताउनुभयो । उहाँले अहिले बजारमा माटो सुहाउँदो जनशक्ति उत्पादनमा कलेजले जोड दिएको बताउनुभयो । कुनैपनि ब्यबसाय गर्न चाहाने वा ब्यबसा...
अपाङ्गता भएका लाइ निशुल्क फिजियोथेरापी

अपाङ्गता भएका लाइ निशुल्क फिजियोथेरापी

पत्रपत्रिका
एकराज भण्डारी,तुलसीपुर, ३२ साउन । तुलसीपुर-७ कि ख़ुशी डाँगी अहिले नौ वर्षकी भइन् तर विद्यालय जाँदिनन् उनी जन्मेको केही महिनापछि नै उनका हातखुट्टा काम्ने समस्या देखियो । विस्तारै कम्मरदेखि तलको भाग चल्न छोड्यो त्यतिवेला उनका बुवाआमा रोजगारीको सिलसिलामा भारत बस्नुहुन्थ्यो। खुशीको त्यही उपचार भयो तर निको भएन । लामो समय उपचार गर्दा पनि निको नभएपछि उनीहरु घर फर्किए केही महिना अघिदेखि खुशीको परिवारले उनलाई तुलसीपुर-६ इन्द्रनगरमा अपांग समाज सुधार केन्द्रले सञ्चालन गरेको थेरापी सेन्टरमा पुर्याए र थेरापी शुरु भयो। अहिले भने खुशीलाई निको हुन्छ कि भन्ने आशा परिवारमा पलाएको छ त्यति समयसम्म अस्पतालमा उपचार गर्दा पैसा धेरै सकियो तर कुनै फरक भएन । अहिले एक महिना थेरापी गराउँदा धेरै परिवर्तन आएको खुशीकी आमाले बताउनुभयो। 'डाक्टरले दुई वर्ष लगातार थेरापी गराएपछि निको हुन्छ भन्नुभएको छ। खुशी लागेको छ।" पहिला...
मुख्य पदमा कम्युनिस्टकै बर्चस्व

मुख्य पदमा कम्युनिस्टकै बर्चस्व

पत्रपत्रिका
पुस १२ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन नेकपाको विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहँुदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए । नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी र एकीकृत समाजवादी । अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका न...
सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

पत्रपत्रिका
पुस १२ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् । पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा। प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उनकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ । उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताए । आम निर्वाचन २०७९ को सबै ...
कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी

कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी

पत्रपत्रिका
पुस १२ । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो । सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी गराए । उनले १५ लाख मात्रा खोप आउने जानकारी दिए । यसअघि अध्यादेशम...
विद्यालयमा छुवाछुतको पराकाष्ठा

विद्यालयमा छुवाछुतको पराकाष्ठा

पत्रपत्रिका
पुस १२ । जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन् । गाउँनजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन् । १५ मध्ये अन्य गैरदलित बालबालिका हुन् । दलित समुदायका बालक असिम मात्रै हुन् । त्यसो त, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कुल ८८ बालबालिका छन् । जसमध्ये ३२ बालबालिका दलित समुदायका र ५६ गैरदलित समुदायका छन् । विद्यालयमा एक कार्यालय सहयोगीबाहेक अन्य ७ शिक्षकशिक्षिका छन् । कक्षा कोठामा खेल्दा, बस्दा साथीसँगै हुने असिम विद्यालयबाट पाइने खाजा खाँदा भने एक्लै हुन्छन् । उनको कक्षा कोठाका सबै साथी नास्ता खान घर पुग्छन् । उनी भने विद्यालयबाट खाजा खान घर जाँदैनन् । विश्व खाद्य कार्यक्रमको सहयोगमा सो विद्यालयमा ‘विद्यालय दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम र स्थानीय उत्पादनमा आ...
आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणा

आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणा

पत्रपत्रिका
पुस १२ । नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना भएको बेला आफूमातहतका निकायलाई अनुसन्धान गर्न खुला छाडिदिए पनि अनुसन्धान हुनेमा शंका उत्पन्न भएको छ । उनले आफैंमाथि अनुसन्धान गर्न प्रहरीलाई छुट दिएको भन्दै सञ्चारमाध्यममा भने पनि आफू पदमा रहँदा त्यसको छानविनमा पर्ने असर र प्रभावबारे भने उनी मौन छन् । त्यति मात्र होइन, सञ्चारमाध्यमका अगाडि सार्वजनिक खपतका निम्ति नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्भित्रै आफू प्रतिपक्षी बन्ने घोषणा गरे । मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीको प्रस्तावमा असहमति ग...