
तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )
विशाल परियार / माघ,०२
तुलसीपुर उपमहानगरपालिका र वडा नं १८ को आर्थिक सहयोगमा आयोजित मगर समुदायको सांस्कृतिक महोत्सव वडा नं १८ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल मगर संघ वडा कमिटी वडा नं १८ का अध्यक्ष वम बहादुर रोका मगर 'विशाल' को अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरूमा वडा नं १८ का वडा अध्यक्ष माधव वली, नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य खुलप्रसाद पुन मगर, जिल्ला अध्यक्ष ललिता बुढा मगर तथा तुलसीपुर उपमहानगरपालिकाका वाडा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो। विशेष आकर्षणको रूपमा मगर समुदायको सिङ्गारु नाच, भुमे नाच लगायतका परम्परागत नृत्यहरू प्रदर्शन गरिएकाे थियाे। यसका साथै, मगर समुदायको संस्कार र संस्कृति ...