अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

खेलकुद

अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई

अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई

Top News 1, खेलकुद
तुलसिपुर,२५ माघ दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिकाे अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियाेगिता २०८१ को उपाधिका लागि वडा नं ६ ले प्राप्त गर्न सफल भएको छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको फाईनल खेल आज शुक्रबार दिउँसो २ बजे देखि सुरु भएको थियो। आज शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ८ लाई ४-० गोलले पराजित गर्दै वडा नं ६ ले उपाधी प्राप्त गरेको हो । प्रतियोगिताको बिजेता तुलसीपुर उप महानगर पालिका वडा नं ६ ले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गरेको छ भने उपबिजेता तुलसिपुर उपमहानगर पालिका वडा नं ८ को टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर उपमहा नगरका १९ ...
माघ २८ गतेदेखि हुदैं लुम्बिनी च्याम्पियनसिप

माघ २८ गतेदेखि हुदैं लुम्बिनी च्याम्पियनसिप

Top News 1, खेलकुद, समाचार, स्थानीय
घोराही, २२ माघ । जिल्लामै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिता यही माघ २८ गतेदेखि हुने भएको छ । ‘स्वस्थ युवा, अनुशासित नेतृत्व र आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ लुम्बिनी फुटबल एकेडेमी घोराहीको आयोजनामा हुन लागेको प्रतियोगिता एकेडेमीकै खेलमैदानमा हुन लागेको हो । प्रतियोगिताका तिव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष समिर वलीले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आफ्नै खर्चमा फुटबल एकेडेमी सञ्चालन गरेर युवा खेलाडीहरुलाई दक्ष र अनुभवी प्रशिक्षकद्वारा नियमित फुटबल प्रशिक्षण दिंदै आएको लुम्बिनी फुटबल एकेडेमीले जि...
प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कपको उपाधि गणेशस्थान युवा क्लब जुनियरले जित्यो; ९-१ गोलले पराजित गर्दै

प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कपको उपाधि गणेशस्थान युवा क्लब जुनियरले जित्यो; ९-१ गोलले पराजित गर्दै

खेलकुद
विशाल ओलि, १९ माघ धादिङ । प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कप फुटबलको उपाधिका लागि भिडेका बडहरे बाल क्लब (B.B.C) र गणेशस्थान युवा क्लब जुनियर (GYC Junior) बीचको फाइनल खेल माघ १९ गते शनिबार त्रिपुरेश्वर बोर्डिङको खेल मैदानमा सम्पन्न भएको छ। यस प्रतिस्पर्धामा गणेशस्थान युवा क्लब जुनियरले शानदार प्रदर्शन गर्दै बडहरे बाल क्लबलाई ९-१ गोलले हराउँदै उपाधि जितेको छ। खेल ६० मिनेटको नियमित समय र थप ५-५ मिनेटको अतिरिक्त समय सहित खेलिएको थियो। बडहरे बाल क्लबका कप्तान साजना खड्काले उत्कृष्ट खेल प्रदर्शन गरे, तर टिमको समग्र प्रयास पर्याप्त नपरेको थियो । खेलको प्रारम्भ ११:१५ बजे भएको थियो, र यो उपाधि जित्नको लागि दुवै टोलीका खेलाडीहरूले उच्च प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए। प्रतियोगिता त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ स्कुलको एकल आयोजनामा माघ १७ गतेबाट सुरु भएको थियो र ४ टिमले सहभागिता जनाएका थिए। ...
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मावि माैरीघाटकाे लगातार दाेस्राे बर्ष पनि जित

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मावि माैरीघाटकाे लगातार दाेस्राे बर्ष पनि जित

Top News 2, खेलकुद
तुल बहादुर कवँर मगर /मसुरीया १८, माघ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा श्री माध्यमिक विद्यालय माैरीघाट लगातार दाेस्राे वर्ष पनि बिजेता बनेको छ। गत वर्षकाे बिजेता उक्त विद्यालय यस वर्ष पनि ९ स्वर्ण,५ रजत र ३ कास्य जितेर पहिलो भएको हाे । राप्ती गाउँपालिकाले आयाेजना तथा माध्यमिक विद्यालय माैरीघाटकाे व्यवस्थापनमा गत बुधबारदेखि तीन दिन सम्म सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगितामा सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँले ७ स्वर्ण,६ रजत र ६ कास्य जितेर दाेस्राे र आदर्श माध्यमिक विद्यालय लालमटियाले ६ स्वर्ण,६ रजत र ७ कास्य जिति तेस्रो भएको छ । विजेता खेलाडीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,पालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर ब...
राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Top News 1, खेलकुद
तुल बहादुर कवँर मगर / मसुरीयाँ १६, माघ दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिकाकाे आयोजना तथा माध्यमिक विद्यालय माैरीघाटको व्यवस्थापन, कृषि विकास बैंक लिमिटेड र ज्याेति विकास बैंक लिमिटेड माैरीघाट शाखाको सह प्रायाेजनमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षता एवं दाङ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिताकाे उद्घाटन गरिएको छ । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय ...
तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु

तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु

Top News 2, खेलकुद, प्रमुख खबर
तुलसीपुर, ८ माघ तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ को आज माघ ८ गते एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष थलराज पुरीको सभाध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना गरि वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । वडाले खेलकुद तर्फ विनियोजन गरेको बजेटबाट उक्त प्रतियोगिता आयोजना गरिएको र समग्र वडाको खेलकुद क्षेत्रमा विकास गर्न आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम आयोजना गरिने वडाअध्यक्ष पुरीले बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को आयोजना र युवा सञ्जाल तुलसीपुर १७ को सहजिकरणमा यहि माघ ८ गते देखि १० गतेसम्म हुने वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा फुटबल, घैँटोफोर र कुर्सीदौड प्रतियोगिता सन्चालन गरिने आयोजकले जनाएको...
एन प्याव्सन वृहत खेलकुदको उपाधी ज्ञानज्योतीलाई

एन प्याव्सन वृहत खेलकुदको उपाधी ज्ञानज्योतीलाई

Top News 3, खेलकुद, समाचार, स्थानीय
एन प्याव्सन दाङ जिल्ला अन्तर विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता – २०८१ को उपाधी ज्ञानज्योति मावि तुलसीपुरले चुमेको छ । एन प्याव्सन दाङको आयोजनामा बेलझुन्डी रंगशालामा तीन दिन सम्म संचालित प्रतियोगितामा ज्ञान ज्योति मावि तुलसीपुरले ८ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै ज्ञान ज्योती मावि तुलसीपुरले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यस्तै ५ स्वर्ण, ४ रजत र ५ कास्य पदकका साथ मिडवेष्ट पोइन्ट एकेडेमी शान्तिनगर – ७ द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । त्यस्तै जनप्रीय बोर्डिङ स्कुल बालापुरले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतिय भएको छ । त्यसैगरी अमृत बाल एकेडेमीले ३ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गर्दै चौथो स्थान बनाएको छ भने श्रीगाउँ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजत प्राप्त गर्दै पाचौं स्थान बनाउन सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिनुभएको छ...
आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

खेलकुद
तुलसीपुर, कात्तिक ११ । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आजदेखि लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा कात्तिक ११ गतेदेखि १३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन बिहान ११ बजेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गर्ने भएका छन। तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अधयक्ष बिमल रिजालले लुम्बिनी प्रदेश स्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ आयोजना गरिएको र त्यसमा प्रदेश भरका झन्डै आठ सय हाराहारी खेलाडी तथा प्रशिक्षकहरु विभिन्न जिल्लाहरुबाट तुलसीपुरमा आइ सकेको जानकारी दिएका छन । प्रतियोगिता आयोजक समिति संयोजक मोहन सुनारले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइ सकेको जानकारी दिए । लुम्बिनी प्रदेश तेक्वान्दो संघका कोषाध्यक्षसमेत रहेका सुनारले खेलाडीको ह...
ग्लोबल टी-२० क्यानडा २०२४ मा तीन नेपाली खेलाडी खेल्ने तयारीमा

ग्लोबल टी-२० क्यानडा २०२४ मा तीन नेपाली खेलाडी खेल्ने तयारीमा

Top News 1, खेलकुद
ग्लोबल टी-२० क्यानडा २०२४ मा तीन नेपाली खेलाडी खेल्ने तयारीमा छन्। लेग स्पिनर सन्दीप लामिछानेसँगै अलराउन्डर दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल पनि सहभागी हुनेछन्। नेपालका कप्तान रोहित टोरन्टो नेसनल्सबाट खेल्ने छन् । शुक्रबार भएको ड्राफ्टमा टोरन्टोले रोहितलाई ११औं राउण्डमा १२,५०० डलरमा अनुबन्ध गरेको थियो । रोहितको यो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सम्झौता हो। त्यस्तै भ्यानकुभर नाइट्सले दुई नेपाली खेलाडीलाई अनुबन्ध गरेको छ । सन्दीप सबैभन्दा धेरै फ्रेन्चाइजी क्रिकेट खेल्ने नेपाली खेलाडी हुन्। उनीपछि नेपालबाट दोस्रो धेरै फ्रेन्चाइज क्रिकेट खेलेका ऐरी पनि सोही टोलीमा छन् । भ्यानकुभरले सन्दीपलाई ३०,००० डलरमा अनुबन्ध गरेको छ । उनलाई ड्राफ्टको आठौं राउण्डमा छनोट गरिएको थियो। त्यस्तै, ड्राफ्टको नवौं राउण्डमा ऐरीलाई १७,५०० डलरमा अनुबन्ध गरिएको थियो । ग्लोबल T20 क्यानडा जुलाई 25 मा ...
हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस 

हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस 

Top News 2, खेलकुद
बैशाख, ८ तुलसीपुर  तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको हिमाल एकेडेमी ले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमका बिच मनाएको छ । "स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अध्यापनरत शिक्षकका बिच मैत्रपूर्ण खेल खेली ८ औँ राष्ट्रिय भलिबल दिवस मनाइएको हो । बिद्यालयका खेल शिक्षक द्रोण प्रसाद चन्द को सभापतित्व एवम दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले राष्ट्रले भलिबल लाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि हेर्ने दृष्टिकोणमा थोरै पनि फरक नपरेको बताए । खेलकुद क्षेत्र त्यसमाथि पनि भलिबलको विकासमा सम्बन्धित निकायको ध्यान जान नसकेको मा दुख व्यक्त गरे । प्रमुख अतिथि बस्नेतले आफुलाई सबैभन्दा माथि पुर्याउने कराँते खेल भएपनि आफ्नो मन...