
श्रमिक महिलाको संघर्ष (कविता)
- आजाद खड्का
श्रमको घामले जलाएका हात,
सपना बुन्छ नयाँ बिहानको बाट।
न्यायको गीत गाउँछ मन,
समानताको तिम्रै हुनुपर्छ चिन्ह।
शिक्षा, सीपले उज्यालो ल्याउ,
हाम्रो आवाज बलियो बनाउ।
तिमी वारि कि खाडीमा पसिना बगाउने,
कि आफ्नै भूमिमा सम्भावना उभ्याउने?
तिमी निर्णयमा पुग्न जान्छेउ,
स्थानीयदेखि संघीयसम्म अघिबढ्छेउ।
विभेदका पर्खाल भत्काउँदै,
नयाँ समाजको मुना रोप्छेउ।
तिमी मात्र श्रमिक होइनौ,
समाजको मेरुदण्ड तिमी नै हौ।
तिम्रो वर्गीय आवाज बुलन्द गर,
समाजवादको यात्रा अगाडि बढाउ।
जब स्वामित्व हातमा लिनेछेउ,
समाजको दिशा आफैं दिनेछेउ।
त्यस दिन महिला मुक्ति पूरा हुनेछ,
क्रान्तिले नयाँ बिहान खोज्नेछ!...