अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

अन्तर्राष्ट्रिय

श्रमिक महिलाको संघर्ष (कविता)

श्रमिक महिलाको संघर्ष (कविता)

अन्तर्राष्ट्रिय, कविता, मनोरञ्जन, साहित्य
- आजाद खड्का श्रमको घामले जलाएका हात, सपना बुन्छ नयाँ बिहानको बाट। न्यायको गीत गाउँछ मन, समानताको तिम्रै हुनुपर्छ चिन्ह। शिक्षा, सीपले उज्यालो ल्याउ, हाम्रो आवाज बलियो बनाउ। तिमी वारि कि खाडीमा पसिना बगाउने, कि आफ्नै भूमिमा सम्भावना उभ्याउने? तिमी निर्णयमा पुग्न जान्छेउ, स्थानीयदेखि संघीयसम्म अघिबढ्छेउ। विभेदका पर्खाल भत्काउँदै, नयाँ समाजको मुना रोप्छेउ। तिमी मात्र श्रमिक होइनौ, समाजको मेरुदण्ड तिमी नै हौ। तिम्रो वर्गीय आवाज बुलन्द गर, समाजवादको यात्रा अगाडि बढाउ। जब स्वामित्व हातमा लिनेछेउ, समाजको दिशा आफैं दिनेछेउ। त्यस दिन महिला मुक्ति पूरा हुनेछ, क्रान्तिले नयाँ बिहान खोज्नेछ!...
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार

अन्तर्राष्ट्रिय, राजनीति, विचार
८ मार्च श्रमिक महिलाहरूको संघर्ष र गौरवको दिन हो। यो दिनले महिला समानताको आवाजलाई बुलन्द गर्दै समाजवादको आधार तयार गर्न प्रेरित गर्छ। महिलाहरूले वर्गीय आन्दोलनसँगै लैङ्गिक मुक्तिको लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ। महिला मुक्तिको अन्तिम लक्ष्य तब मात्र सम्भव हुन्छ जब उनीहरूले उत्पादनका साधनमा स्वामित्व राख्छन्, नीति निर्माणमा निर्णायक भूमिका खेल्छन्, र राज्यसत्ताका हरेक तहमा समान प्रतिनिधित्व प्राप्त गर्छन्। (more…)...
ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त

ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त

Top News 3, अन्तर्राष्ट्रिय, समाचार
कार्तिक १७, काठमाडौं ।  युवाका क्षेत्रमा लामो समय देखि क्रियाशिल भई कार्य गर्दै आईरहेका सरोज बानियाँ ग्लोबल पिसका नेपाल प्रतिनिधिका रुपमा नियुक्त भएका छन् । बानियाँ नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष रुपमा समेत कार्यकारत छन् । बानियाँ मास्टरपिस एनवाईसीका टिम लिडरको रुपमा समेत काम गर्दै नेपाली युवाहरुलाई सशक्तिकरण गर्दै आईरहेका छन् । ग्लोबल पिसको नेपाल लगायत अष्टेलिया, सुजरल्याण्ड, पेरु, जाम्बीया, सर्बिया, ब्राजिल, टूयूनिसिया, सेरालियोन, लक्जम्बर्क, ईराक, क्यामरुन, मेक्सिको, ताईवान, पानामा, इन्डोनेसिया, अजरबैजान, गाम्विया, लगायतका अन्य बिभिन्न देशहरुमा यसको आधिकारी प्रतिनिधिहरु नियुक्त भई कार्य गर्दै आईरहेको छ । ग्लोबल पिसले हरेक बर्ष ग्लोबल पिस समिट आयोजना गर्दै संयुक्त राष्ट्र संघले लिएको लक्ष्य अर्थात दिगो विकास लक्ष्य प्राप्तीमा योगदान पुराउदै आएको छ । सन् २०२३ मा ब...
क्यानडाविरुद्ध नेपालको शानदार जित

क्यानडाविरुद्ध नेपालको शानदार जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
माघ, २९ नेपालले क्यानडाविरुद्ध शानदार जित हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४३ ओभरमा एक विकेटको क्षेतीमा पूरा गरेको हो । नेपालका जितका लागि ब्याटर भिम सार्की र अनिल शाहले शतक प्रहार गरेका हुन ।...
नेपाल भ्रमणमा आउदै भारतीय प्रधानमन्त्री मोदी

नेपाल भ्रमणमा आउदै भारतीय प्रधानमन्त्री मोदी

Top News 1, अन्तर्राष्ट्रिय, धार्मिक, समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागी आउने भएका छन् ।   भारतीय प्रधानमन्त्री मोदी भारतको लोकसभा निर्वाचन हुनु अघि पशुपतिनाथ मन्दिर दर्शनको लागि फेब्रुअरी अन्तिम वा मार्च पहिलो साता भ्रमण गर्न आउने भएका छन् ।   प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गएको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल‌ भ्रमणका लागि निमन्त्रणा दिएका थिए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनका लागि उच्चस्तरीय सुरक्षाको लागी छलफल भइरहेको स्रोतले जनाएको छ ।...
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु

अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
न्युयोर्क, पुस १२ । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् । आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुली स्थिर रूपमा पुनस्र्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए । अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजु...
अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै चीन

अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै चीन

अन्तर्राष्ट्रिय
चीन, पुस १२ । चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टाइनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ । शून्य कोभिड नीति कार्यान्वयन गरेको चीनले नयाँ वर्षको पहिलो हप्तादेखि आगन्तुकले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो । कोभिडका बिरामी बढिरहेको र अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिनफिङले मानिसको ज्यान जोगाउन सहज नीति लिन अनुरोध गरेका छन् । चीनले कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न छाडिसकेको छ । तर दैनिक हजारौं नागरिकले कोभिडका कारण ज्यान गुमाइरहेका बीबीसीले जनाएको छ । सन् २०२० को मार्च महिनादेखि चीन पुग्ने हरेक नागरिकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरिएको थियो । तर सुरुमा ५ दिनको व्यवस्था गरिएकोमा पछि घटाएर ३ दिनमा झारिएको थियो । एजेन्सी...
कोभिड संक्रमण बढेपछि चीनले खोप कार्यक्रमलाई तीव्रता दिने

कोभिड संक्रमण बढेपछि चीनले खोप कार्यक्रमलाई तीव्रता दिने

अन्तर्राष्ट्रिय
चीन, पुस १२ । चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् । यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै शहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ । यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ । एजेन्सी...
स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु

स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
स्पेन, पुस १२ । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् । बस चालकको रक्सी र लागूऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ । एजेन्सी...
भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने

भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने

अन्तर्राष्ट्रिय
पुस ९ । भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलरको प्रस्ताव गरेको पुष्टि गरेकी हुन् । भारतले प्रस्ताव गरेको उक्त रकम ऋणमार्फत् प्रदान गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि कम्बोजले १५ सय सिरियाली विद्यार्थीलाई भारतले छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै चालु शैक्षिक सत्रमा मात्रै २ सय जना सिरियाली विद्यार्थी भारतमा छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत जानकारी दिइन् । उनले भारतले मानवीय, प्राविधिक एवम् विकासजन्य सहायताहरु समेत प्रदान गर्दै आइरहेको उल्लेख गरिन् । महामारीको समयमा पनि भारतले सिरियालाई औषधि एवम् खाद्यान्न सहयोग ग...