वैदेशिक यात्रा बाध्यता कि फेसन ?
सागर सुबेदी
पछिल्लो समय बिदेश जाने नेपाली युवाहरुको भिड थामी नसक्नु छ । आर्थिक बर्ष २०७९र०८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजार रहेको थियो भने उक्त बर्षलाइ वैदेशिक रोजगारीमा रेकर्डको बर्ष पनि मानिएको थियो । किनकी एकै आर्थिक बर्षमा यो सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या थियो ।
नेपालमा पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु र देशको राजनितिक अस्थिरता नटुंगिदा देशको अवस्था बदलिने र सर्वसाधारण जनताको जीवनस्तर सुध्रिने विश्वास हराउँदा युवाहरुको विदेशिने बाध्यता बढ्दै गइरहेको छ । देशमा सत्ता र कुर्ची कै लडाइ छ । राजनितिक अस्थिरताले गर्दा देशको अर्थतन्त्रमा ठुलो धक्का दिइरहेको छ । जसले गर्दा सामान्य ज्यालादारी गरेर पनि आफ्नो परिवार पाल्न सक्ने अवस्था छैन ।
यत्ति कुरा गर्दा साँचीकै देशमा रोजगारी नपाएर विदेशिनु सम्मलाइ बाध्यता नै भनौँ । तर मासिक लाख सम्म...