अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

Author: न्यूज डेस्क

दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि

दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि

Top News 1, समाचार
बिशाल विश्वकर्मा,जेठ ६ लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना-एएफ (RCIP-AF) आयोजना कार्यान्वयन इकाई, शंकरनगर रुपन्देहीद्वारा संचालित बिजौरी–कोठारी सडक शिलान्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा पोखरेलले उक्त सडक योजनाले दाङको ग्रामीण भेगलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन । कार्यक्रममा निर्माण कम्पनीले उक्त सडक आयोजना २ वर्षभित्र सम्पन्न गर्ने  प्रतिबद्धता समेत सार्वजनिक रूपमा जनाएको छ । यसै अवसरमा महासचिव पोखरेलले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थललाई यसै आर्थिक वर्षको बजेटमा समावेश गरिने जानकारी दिए। “प्रधानमन्त्रीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाइएको छ, मन्त्रालयमा पनि पर्याप्त छलफल ...
७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा

७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा

Top News 1, प्रमुख खबर
दाङ, जेठ- ३  दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाका ७५ वर्षीय गिरीराज बुढाथोकीलाई ७ वर्षीया बालिकामाथि जबर्जस्ती करणी (ज.ज.क.) को आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार घटना २०८२ साल जेठ ३ गते अन्दाजी बेलुका ४ बजे भएको हो। पीडित बालिका बाख्रा चराउन गएकी थिइन्। प्यास लागेपछि पानी खान बुढाथोकीको घर पुगेकी बालिकालाई उनले "चकलेट खाने पैसा दिन्छु" भनी ललाईफकाई गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। घटना पश्चात पीडित बालिकाकी हजुरआमाले साँझ ६ बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी बिजौरीबाट खटिएको टोलीले बुढाथोकीलाई उनकै घरबाट पक्राउ गरी सोही दिन राति १० बजे प्रहरी कार्यालयमा ल्याएको थियो । बालिकाको स्वास्थ्य परीक्षण गरि हजुरआमाको जिम्मामा घर पठाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान जारी रहेको छ। ...
गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल

गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल

Top News 1, राजनीति, समाचार
जेठ ३, काठमाण्डौ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अन्तर्गत गैरभौगोलिक लुम्बिनी प्रदेश सम्पर्क जिल्ला समिति गठन गरिएको छ। शनिबार नेपाल समाजवादी पार्टी केन्द्रिय कार्यालय, तीनकुनेस्थित ने.स.पा सभा हलमा सम्पन्न भेलाले नयाँ समिति गठन गरेको हो । बाबुराम भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा नेपाल समाजवादी पार्टी उपाध्यक्ष श्री इश्वर रिजालको प्रमुख आथित्व रहेको थियो। नयाँ गठित लुम्बिनी सम्पर्क समिति दीपक पोख्रेलको संयोजकत्वमा गठन गरिएको छ । पोख्रेलको संयोजकत्वमा रहेको प्रदेश समितिमा सह-संयोजकमा संजय जैसवाल र अनिता गुरुङ रहेका छन भने जिल्ला संयोजकमा बर्दिया बाट हुमलाल वि.क, बाके बाट पूर्ण कुता दाङ बाट बर्षा पोख्रेल, कपिलवस्तु बाट प्रकाश न्यैपाने, रुपन्देही बाट बसन्त पोख्रेल, नवलपरासी बाट विनोद यादव, पाल्पा बाट गोविन्द कार्की, गुल्मी बाट भेषराज अर्याल, प्यूठान बाट सरीता गहतराज रह...
बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि…

बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि…

साहित्य
"सरिष्मा रिमाल सरु" “तिम्रो कलमको मसी सकिएको भए बरु मेरो रगत लिएर जाउ तर मेरो जस्तो अधुरो कहानी कसैको नलेखिदेउ है भगवान सम्हाल्ने धेरै गाह्रो हुन्छ ।” एकअर्कालाई हदभन्दा बढी माया गर्ने स्नेहा र प्रकाश आज एक अर्कासँग बहस गरिरहेका छन । दुवैजना आफुले आफुलाई सही साबित गर्न खोजिरहेका छन । “तिमी मैले गरेको माया माथि नै शङ्का गर्न खोज्दैछौ” स्नेहा केही रिसाए जस्तै चर्को स्वरमा प्रकाशसँग आफ्नो मनको बह पोख्न खोज्दै थिइन, यो देखेर प्रकाशको रिसलाई आगोमा घिउ थपेको जस्तै भयो र जङ्गिँन खोज्दै थियो । तर पनि प्रकाशले आफ्नो रिसलाई काबुमा राख्दै नम्र स्वरमा स्नेहलाई सम्झाउँदै भन्यो, “ स्नेहा मैले तिमीले गरेको मायालाई शंका गरेको छैन । बस म तिमीबाट केही समय माग्दैछु । ताकि जीवनमा मलाई त्यो ठाउँसम्म पुग्न देउ जुन ठाउँमा म पुग्न सक्छु लागेर तिमीले मसँग माया गरेकी थियौ ।” स्नेहा आँखाबाट आँसु खसाल्दै रुन्...
मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस

मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस

प्रमुख खबर
दाङ, बैशाख ३० – दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–७ बोगटीमा मङ्गलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन । तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३-०२-००८ प ३०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना राति करिब ९:३० बजे भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक तुलसीपुर–४ खाद्रे निवासी अन्दाजी ३२ वर्षीय साजन बुढा मगर गम्भीर घाइते भएका छन। उनको नाक, मुख, आँखा तथा टाउकोमा चोट लागेको छ र अवस्था गम्भीर रहेको बताइएको छ। चालकसँग कागज पत्र साथमा नरहेको पाइएको प्रहरीले जनाएको छ। त्यस्तै, मोटरसाइकलको पछाडि सवार खुमखानि निवासी २३ वर्षीय रमेश घर्ती मगर सामान्य घाइते भएका छन । उनको दुबै हात र नाकमा चोट लागेको छ। गम्भिर घाइते साजन बुढालाई उपचारको लागि नर्सिङहोम नेपालगन्ज बाँके रिफर गरिएको छ भने पछाडी सवार रमेश घर्ती सामान्य उपचार पछि डिस्चार्ज भ...
ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त

ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त

Top News 3
दाङ । सवारी दुर्घटनामा परी मृत्यु भएका तुलसीपुरका व्यवसायी नरबहादुर ओली र उहाँको धर्मपत्नी लिला ओली दम्पतिहरूको निधनप्रति तुलसीपुर चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ। अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माले शोक विज्ञप्ति जारी गर्दै व्यवसायी दम्पतीको निधन प्रति दुख व्यक्त गरेका हुन् । तुलसीपुरका स्थापित कपडा व्यवसायी दम्पतिको मृत्युले यस क्षेत्रको उद्योग व्यवसायमा ठूलो क्षेति पुगेको चेम्बरले उल्लेख गरेको छ । दाङको तुलसीपुरमा कपडा व्यवसाय गर्दै आएका ओली दम्पतिको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० अमलाटाकुरी स्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा सोमबार सवारी दुर्घटनामा परी ज्यान गएको हो । तुलसीपुर चेम्बरले जारी गरेको शोक विज्ञप्तिमा मृतक ओली दम्पती प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।...
आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु

आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु

राजनीति
वैशाख, २९ / दाङ दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बगौसीमा एक वृद्धाको आफ्नै घरको सिँडिमा चिप्लिएर लड्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ। ७० वर्षीया टिका श्रीस आफ्नै घरको भर्‍याङबाट चिप्लिएर लडेपछि उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पतालमा लगिएको करिब ४ बजे चिकित्सकको टोलीले उपचार सुरु गरे पनि ४:३० बजे उनलाई मृत घोषणा गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। घटनास्थलमा परिवारका सदस्यहरूमध्ये नाती बमबहादुर श्रीस साथमा थिए। हाल शव राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।  ...
साथीसँग नुहाउन गएका किशोर ड्याममा डुबेर बेपत्ता

साथीसँग नुहाउन गएका किशोर ड्याममा डुबेर बेपत्ता

Top News 1, समाचार
तुलसीपुर, वैशाख २७ दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हसपुरास्थित एक सिचाइ ड्याममा नुहाउने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् । रुकुम पश्चिम घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१७ झिङ्गै बसोबास गर्दै आएका १६ वर्षीय भुपेन्द्र बि.क डुबेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्राप्त जानकारी अनुसार भुपेन्द्र बिक वैशाख २६ गते साँझ साथी सन्देश बि.कको घरमा आएका थिए । भोलिपल्ट वैशाख २७ गते बिहान खाना खाएर तीन जना साथीहरुसँग नुहाउन हसपुरास्थित ड्याम गएका थिए । नुहाउने क्रममा भुपेन्द्र ड्याममा डुबेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा १० जनाको टोली घटना स्थलमा खटिएको हो । घटनाको थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
सहयोग जुटाएर एकै घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

सहयोग जुटाएर एकै घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

Top News 2
तुलसीपुर (दाङ), २३ वैशाख : आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एका घरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो । तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुनुहुन्छ । सोह्र वर्षीया उहाँ हिँडडुल गर्न पनि सक्नु हुँदैन । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उहाँहरु २०६८ सालमा दाङको तुलसीपुर झर्नुभएको थियो । रुपाले भन्नुभयो,“सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्काे विवाह गर्नुभयो ।” यसपछि रुपालाई श्रीमान्ले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उहाँलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो । विभिन्न व्यक्त...
हिमाल बोर्डिङको शिक्षकलाइ धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

हिमाल बोर्डिङको शिक्षकलाइ धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

Top News 1, प्रमुख खबर
दाङ, बैशाख २० / दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका छन । बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले धारिलो हतियार प्रहार गरि फरार रहेका थिए । प्रहरीका अनुसार बि.क.ले श्रेष्ठको घाँटी, हात लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते श्रेष्ठको हाल उपचार भइरहेको छ। घटनापछि फरार रहेका बि.क.लाई खोजतलासका क्रममा तुलसीपुर–४ हलवार स्थित सडक बाटोमा प्रहरीले बैशाख २० गते साँझ करिब ८:४५ बजे पक्राउ गरेको हो। पक्राउ परेका बि.क.लाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटना...