![डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया](https://cntpress.com/wp-content/uploads/2025/01/1737680083141-720x440.jpg)
डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया
दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीमा स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार कक्षा ६, ७ र ८ का विद्यार्थीहरूसँग विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका हुन् ।
कार्यक्रममा एकेडेमीका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेले विद्यार्थीले स्थानीय पाठ्यपुस्तकमा पढेको कुराहरूलाई व्यवहारिक रुपमा पनि सिकाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । स्थानीय पाठ्यपुस्तक हाम्रो तुलसीपुरमा उल्लेखित सामाजिक संघसंस्था र यसका कार्य विषयमा विद्यार्थीहरुलाई प्रष्ट पारिएको हो ।
सामाजिक संघ संस्था र यसले गर्ने कार्यका बारेमा सम्बन्धित संस्थाका प्रमुख वा प्रतिनिधिलाई सहभागी गराई अन्तरक्रिया गरिएको हो । यसो गर्दा विद्यार्थीहरूलाई व्यवहारिक रूपमा पनि सिकाईस्तर वृद्धि गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा तुलसीपुर नगर जेस...