अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का

दिपकराज खड्का / उद्यमशीलता (Entrepreneurship) को मूल मन्त्र कुनै व्यवसायको नक्कल गर्नु होइन, त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्नु हो। पुरानै चिजलाई नयाँ ढंग, नयाँ सोच र नयाँ शैलीमा रूपान्तरण गर्नु नै साँचो उद्यमशीलता हो।

आज हामी बजारको कुरा गर्दैछौं : यहाँको एउटा सामान्य परिपाटी बनेको छ — एक जनाले मोबाइल पसल खोल्यो, मेहनत गर्‍यो, सेवा राम्रो दियो र राम्रो आम्दानी गर्‍यो। त्यसपछि अर्कोले सोचे, “उस्तै पसल खोले भने म पनि त्यत्तिकै कमाउँछु।” उसले पनि मोबाइल पसल खोल्यो — तर सोच, शैली, सेवा सबै पहिलेको जस्तै। फेरि अर्काेले पनि त्यही गरे। यसरी गर्दा–गर्दा बजारमा मोबाइल पसलको संख्या आवश्यकता भन्दा धेरै भयो। नतिजा के भयो? पहिले सुरु गर्ने त टिके, बाँकीले घाटा बेहोरे।

‘भास्य निर्माण: बादरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि बनाउन दिँदैन।’

त्यसरी नक्कल गर्नेको न त आफ्नै व्यवसाय टिक्छ, न अरुको व्यवसायको सम्मान सिक्छन। यस्तो परिस्थितिमा बजारमा एक नकारात्मक सोच फैलिन्छ —

“यहाँ केही हुन्न”,

“विदेश जानु बाहेक उपाय छैन”,

“नेपालमा व्यवसाय गरेर बाँच्न सकिन्न।”

यस्तो सोच दिनहु सुनिन्छ र विस्तारै यो ‘सामुहिक भास्य’ बन्छ। जसले युवा पुस्तालाई उद्यम गर्नबाट टाढा लैजान्छ।

 

असफल नक्कलको सूची

बजारमा अहिले यस्ता धेरै व्यवसायहरू छन् जसले साँचो अर्थमा नयाँपन ल्याउन सकेनन्।

• स्केट पार्क

• किराना पसल

• मासु पसल

• फेन्सी पसल

• मेडिकल

• होटल/रेस्टुरेन्ट

• सैलुन/पार्लर

यी सबै एउटै ढाँचामा छन । एउटाले गरेपछि अरूले पनि त्यसै गरे। न योजना, न नवप्रवर्तन, न विशिष्टता।

के व्यवसाय सफल हुँदैछन् त?

अवश्य हुँदैछन ! तर ती मात्र जुन उस्तै देखिए पनि नयाँ शैली, नयाँ सोच, विशेष सेवा, वा स्थानीय संस्कृतिसँग मेल खाने किसिमले प्रस्तुत गरिएका छन्।

उदाहरणका लागि:

• नेपाली झुपडी शैली क्याफे, जसले पर्यटकलाई परम्परागत स्वाद र अनुभव दिन्छ।

• थिम बेस्ड सैलुन, जहाँ सेवा मात्र होइन, माहोल नै फरक हुन्छ।

• फ्युजन फुड किचेन, जहाँ नेपाली स्वादलाई आधुनिक व्यंजनसँग मिलाएर परोसिन्छ।

उद्यमशीलताको ५ मूलभूत सिद्धान्त :

१. समस्या पहिचान गर्नुहोस – समाजको कुन समस्या तपाईंले समाधान गर्दै हुनुहुन्छ?

२. नवप्रवर्तन ल्याउनुहोस – नयाँ सोच, नयाँ तरिका, नयाँ प्रविधि प्रयोग गर्नुहोस ।

३. अनुकरण होइन, अन्वेषण गर्नुहोस – अरुको देखेर होइन, आफ्नै मौलिकता देखाएर अघि बढ्नुस ।

४. धैर्य र योजना बनाउनुहोस – एकैचोटि सफल भइहाल्नुपर्छ भन्ने होइन, योजना, परीक्षण र सुधार गर्दै जानुहोस ।

निष्कर्ष :

नेपालमा व्यवसाय गरेर बाँच्न सकिन्न भन्ने भास्यलाई हटाउने एकमात्र उपाय हो – साँचो उद्यमशीलता अपनाउने। पहिले उद्यमशीलताको सिद्धान्त बुझ्नुस्, त्यसपछि बजारमा के नयाँ गर्न सकिन्छ भनेर सोच्नुस्।

यदि तपाईंले अरुको नक्कल गर्नु भयो भने, सफलताको सट्टा पछुतो आउँछ। तर, यदि तपाईंले आफ्नै सोच, मौलिकता र नवीनता लिएर व्यवसाय गर्नुभयो भने त्यो व्यवसाय सफल हुन्छ, र तपाईं उदाहरण बन्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *