अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

“स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु

तुलबहादुर कवँर मगर
सिसनियाँ, ६ वैशाख।

दाङको राप्ती गाउँपालिकामा ३ हजार ९ सय ४० जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म बालबालिकालाई औषधि खुवाइँदैछ।

अभियानको उद्घाटन शनिबार वडा नम्बर ६ मझेरियाबाट गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएर अभियानको शुभारम्भ गर्नुभयो।

मन्त्री सारु मगरले बालबालिकालाई नियमित खोप तथा पोषण कार्यक्रममा सहभागी गराएर असल संस्कारसहित हुर्काउन सकेमा उनीहरू भविष्यमा स्वस्थ, निरोगी र जिम्मेवार नागरिक बन्ने बताउनुभयो। उहाँले अझै पनि केही क्षेत्रमा अन्धविश्वासका कारण यस्ता कार्यक्रमबाट टाढा रहने प्रवृत्ति रहेको उल्लेख गर्दै सो प्रवृत्ति हटाउन जनचेतना आवश्यक भएकोमा जोड दिनुभयो।

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको पर्याप्त सेवन भए पनि सूक्ष्म पोषण तत्वको अभावका कारण भिटामिन ‘ए’ को कमी देखिने बताउनुभयो। भिटामिन ‘ए’ को कमीले दृष्टि कमजोर हुनुका साथै आँखामा घाउ र रतन्धोपनजस्ता समस्या देखिने जानकारी उहाँले दिनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हाल समुदायमा नसर्ने रोगहरू बढ्दै गएकाे प्रति चिन्ता व्यक्त गर्दै यस्ता रोगको रोकथाममा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। “रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलाग्ने गरी पूर्वतयारी गर्नुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका रोशनलाल चौधरी, स्वास्थ्य मन्त्रालयका नोद नारायण चौधरी, ईश्वरी केसी, रोशन थापा, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष गीता चौधरीलगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयको उपस्थिति थियो।

स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार ६ महिनादेखि १ वर्ष उमेर समूहका ९ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्ष उमेर समूहका करिब ३ हजार ९ सय ४० जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। साथै, अभियान अन्तर्गत बालबिटा खुवाउने र कुपोषण परीक्षणसमेत गरिनेछ।

कार्यक्रम सफल बनाउन ६४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित गरिएको छ। शनिबार बुथ केन्द्रमार्फत औषधि खुवाइँदैछ भने आइतबार छुटेकाहरूलाई घरमै पुगेर औषधि खुवाइने छ। कार्यक्रमको अनुगमन स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्य शाखाले गर्नेछ।

सरकारले भिटामिन ‘ए’ को कमी रोकथामका लागि वि.सं. २०५० मा आठ जिल्लाबाट कार्यक्रम सुरु गरेको हो। २०५९ सालदेखि यो कार्यक्रम देशभर लागू गरिएको हो। जुका नियन्त्रण कार्यक्रम २०५६ मा सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार भएको हो। यस्तै, बालबिटा खुवाउने कार्यक्रम २०६४ सालदेखि सञ्चालनमा छ।

सरकारले हरेक वर्ष वैशाख र कार्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ। भिटामिन ‘ए’ आँखा तथा रोग प्रतिरोधात्मक क्षमताका लागि अत्यन्त आवश्यक मानिन्छ। सरकारी तथ्याङ्कअनुसार यसको कमीका कारण नेपालमा दैनिक कम्तीमा एक जना बालबालिका अन्धोपनको शिकार हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *