अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा

तुल बहादुर कवँर मगर
भालुबाङ, ३ वैशाख।
लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले सोमबार पदबाट राजीनामा दिनुभएको छ। राप्ती गाउँपालिका–३, मसुरीयास्थित कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत चौधरीले औपचारिक रूपमा राजीनामा घोषणा गर्नुभएको हो।

वि.सं. २०७८ मा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रिपरिषद्को निर्णयअनुसार चौधरीलाई चार वर्षे कार्यकालका लागि समितिको अध्यक्ष नियुक्त गरिएको थियो। दुई वर्षभन्दा बढी समयसम्म कार्यभार सम्हाल्दै उहाँले गढवा गाउँपालिका–१, शितगंगा नगरपालिका–८ र ९ तथा राप्ती गाउँपालिका–२ स्थित कठाहा क्षेत्रमा जग्गा एकीकरणको प्रारम्भिक कार्य अघि बढाउनु भएको थियो।

तर हालको प्रदेश सरकारले कार्यकाल नसकिँदै नेपाली कांग्रेस निकट सुशील कुमार बस्नेत (सुनिल) लाई अध्यक्षमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो। चौधरीले उक्त निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गर्नुभएको थियो, जसपश्चात् अदालतले उहाँलाई काम गर्न नरोकिने आदेश दिएको थियो।

दुवै पक्ष एउटै कार्यालयबाट कार्यसम्पादन गरिरहेको अवस्थामा अन्ततः प्रदेश सरकारको आग्रहलाई सकारात्मक रूपमा स्वीकार गर्दै चौधरीले बस्नेतलाई सहज रूपमा काम गर्न दिने उद्देश्यले राजीनामा दिनुभएको बताइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै चौधरीले भन्नुभयो, “संस्था र सहकार्यलाई प्राथमिकता दिँदै मार्ग प्रशस्त गरेको हुँ। म आज पनि नमुना राजधानी निर्माणको पक्षमा छु र भविष्यमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार छु।”

त्यस्तै, उहाँले प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा राजधानी व्यवस्थापनका लागि जग्गा एकीकरण कार्यले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नुभयो।

यस्तो छ राजीनामा पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *