अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न

तुल बहादुर कवँर मगर
सिसहनियाँ, ३१ चैत ।
दाङको राप्ती गाउँपालिका वडा नं. ७, छाेट्की सिसहनियाँमा केराबाट चिप्स बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ।

“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम आइतबार सम्पन्न गरिएको हो।

समापन कार्यक्रम वडा अध्यक्ष सिताराम चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा उपाध्यक्ष चौधरीले सहभागी महिलाहरूले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै, उहाँले उत्पादन हुने वस्तुहरूको बजारीकरणमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

तालिममा सहभागी सन्ध्या अधिकारीले आफूहरूले नयाँ सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै यसले आत्मनिर्भर बन्ने मार्ग खुलाएको बताउनुभयाे।

वडा नं. ७ का १५ जना महिलाहरूको सहभागिता रहेको तालिमको प्रशिक्षकमा हरिचन्द्र सिँहले रहनु भएको थियो।

समापन कार्यक्रममा वडा सदस्यहरू सावित्री चौधरी, उमा परियार, समाजसेवी यमबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो।

तालिम पश्चात सहभागीहरूलाई चिप्स उत्पादनका लागि आवश्यक उपकरणसमेत सहयोग गरिएको उद्यम विकास शाखा प्रमुख बीनिता चौधरीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *